From Wikipedia, the free encyclopedia
कम्युनिस्ट राज्य , (मार्क्सवादी-लेनिनवादी राज्य भनेर पनि चिनिन्छ । ) मार्क्सवाद-लेनिनवाद निर्देशित कम्युनिस्ट पार्टी द्वारा प्रशासित र शासन हुने एक दलीय राज्य हो। बोल्सेभिकरण पछिको कमिन्टर्न र कमक, पूर्वी ब्लक र वार्सा सम्झौता भित्रका कम्युनिस्ट राज्यहरूमा मार्क्सवाद-लेनिन्वाद सोभियत सङ्घ राज्य विचारधारा थियो, ।[1] मार्क्सवाद-लेनिनवाद अहिले पनि संसारभरका केही दलहरूको विचारधारा बनेको छ। यसको शिखर अवस्थामा, जब धेरै कम्युनिस्ट राज्यहरू स्थापित भए। १९८९ को क्रान्तिले अधिकांश कम्युनिस्ट राज्यहरू धारासायी भए , तथापि, यो अझै पनि चीन, क्युबा, लाओस, भियतनाम, र केही हदसम्म उत्तर कोरिया शासक दलहरूको आधिकारिक विचारधारा हो।[2][3][4] २० औँ शताब्दीको उत्तरार्धमा, १९८९ को क्रान्ति भन्दा पहिले, विश्वको लगभग एक तिहाइ जनसंख्या कम्युनिस्ट राज्यहरूमा बस्थे ।[5]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.