कनकपुरा
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
कनकपुरा भारतको कर्नाटक राज्यमा रामनगर जिल्लामा अवस्थित कनकपुरा तालुकको एउटा शहर र मुख्यालय हो। बेङ्गलुरु शहरबाट ५५ कि.मि. पर स्थित यो शहर रेशम र ग्रेनाइटका उत्पादनहरुका लागि प्रसिद्ध रहेको छ।[1]यो कर्नाटक राज्यका हरियाली जङ्गलहरुका बीचमा स्थित रहेको छ। यो शहर एउटा पर्यटकिय स्थल हो र यो पुरै कर्नाटक राज्यमा प्रायः पर्यटकहरुका रुचाइएको स्थलका रूपमा चिनिने गरिन्छ, किनकि यसमा सोखिन-सोखिन मानिसहरुदेखि लिएर इतिहास प्रेमीहरु र वन्यजीवहरुका सोखिन मानिसहरु सम्म सब किसिमका केहि न केहि रहेका छन्।
कनकपुरा
Kanakapura कनकनाहल्ली | |
---|---|
शहर | |
निर्देशाङ्क: १२.५५°N ७७.४१७°E | |
Country | India |
State | Karnataka |
District | Ramanagara district |
सरकार | |
• प्रकार | [[President-City Municipal Council]] |
• MLA | डि. के. शिवकुमार |
क्षेत्रफल | |
• जम्मा | ७.८० किमी२ (३.०१ वर्ग माइल) |
उन्नतांश | ६३७ मिटर (२०९० फिट) |
जनसङ्ख्या (2012) | |
• जम्मा | ५४,०१४ |
• घनत्व | ६,५३६.११/किमी२ (१६९२८.४/वर्ग माइल) |
Languages | |
• Official | कन्नड |
समय क्षेत्र | युटिसी+५:३० (IST) |
PIN | ५६२ ११७ |
टेलिफोन कोड | ०८११७, इन्डेक्स नम्बर ७५, २७५ |
आइएसओ ३१६६ सङ्केत | आइएन-केए |
सवारी दर्ता | के.ए. ४२ |
वेबसाइट | karnataka |
कनकपुरा १२.५५ ° उत्तरदेखि ७७.४२ ° पुर्वमा स्थित रहेको छ। यसको औसत उचाइ ६३८ मिटर (२०९३ फिट) रहेको छ।[2]
कनकपुरा ५५ कि.मि. दक्षिणमा बेङ्गलोर (राजधानी) बाट राष्ट्रिय राजमार्ग एनएच २०९ मा, अरकवथी नदीको तटमा (कावेरी नदीको पुनर्जन्मका रुपमा मानिने) र रामनगरबाट २७ कि.मि. र मैसूरबाट ९६ कि.मि. टाढा रहेको छ।
एनएच २०९ (बेङ्गलोर - कोयम्बटूर) कनकपुराबाट भएर नै जाने गर्दछ।
सन् २००१ को भारतको जनगणनाका अनुसार, कनकपुराको जनसंख्या ४७,०४७ रहेको थियो।[3]पुरुषहरुको जनसंख्या दर ५२% र महिलाहरुको दर ४८% रहेको छ। कनकपुराको औसत साक्षरता दर ७६% रहेको छ, जो राष्ट्रिय औसत दर ५९.५% बाट अधिक रहेको छ: पुरुष साक्षरता दर ७२% रहेको छ भने महिला साक्षरता दर ५९% रहेको छ। कनकपुरामा, ११% जनसंख्या ६ वर्षभन्दा साना उमेरका रहेको छ। अहिले कनकपुरा शहर नगरपालिका परिषद भएको छ। कनकपुरा शहरबाट लगभग १६.५ को दूरीमा कनकपुरामा ६ होबली रहेका छन्।
सन् २०११ को भारतको जनगणना अनुसार, कनकपुरामा ५४०१४ व्यक्तिहरुको जनसंख्या रहेको थियो।[4]औसत साक्षरता दर ८१.०८% थियो।
कन्नड, यस क्षेत्रको प्रमुख र आधिकारिक भाषा हो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.