ओस्लो विमानस्थल, गार्डेरमोअन
From Wikipedia, the free encyclopedia
ओस्लो विमानस्थल, गार्डेरमोअन् ओस्लो, नर्वेमा अवस्थित विमानस्थल हो। गार्डेरमोअन् बाहेक ओस्लो क्षेत्र वरिपरि थप दुईवटा सहुलियतदरका विमानस्साथलहरू सान्देफियोर्ड विमानस्थल, टोर्प तथा मोस विमानस्थल, रिग्गे पनि रहेका छन्। गार्डेमोअनले एकप्रकारले नर्वेको मुख्य अन्तराष्ट्रिय विमानस्थलको रूपमा भुमिका खेलेको छ। नर्वेजियन एअर सटल तथा स्कान्डिनेभियन एयरलाईन्सको हबको रूपमा परिचित यो विमानस्थल स्कानडिनाभियाको दोस्रो व्यस्त विमानस्थलको रूपमापनि प्रख्यात रहेको छ। यसले ओस्लोलाई २८ आन्तरिक तथा १०० भन्दा बढी अन्तराष्ट्रिय गन्तव्यहरू सँग जोडेको छ। सन २०११मा दुई करोड दश लाख भन्दा बढी यात्रीहरूको आवतजावत रहेको यो विमानस्थल यूरोपको १९ औँ व्यस्त विमानस्थलपनि हो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ओस्लो विमानस्थल, गार्डेरमोअन Oslo lufthavn, Gardermoen | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
चित्र:OSL Logo.svg | |||||||||||||||
विवरण | |||||||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||||||
सञ्चालक | Oslo Lufthavn AS (part of Avinor) | ||||||||||||||
सेवा गर्ने स्थान | Oslo, Norway | ||||||||||||||
अवस्थित स्थान | Gardermoen, Ullensaker | ||||||||||||||
उचाइ समुद्री सतह | ६८१ ft / २०८ m | ||||||||||||||
निर्देशाङ्क | ६०°१२′१०″उ॰ ०११°०५′०२″पू॰ | ||||||||||||||
वेबसाइट | www.osl.no | ||||||||||||||
धावनमार्ग | |||||||||||||||
| |||||||||||||||
तथ्याङ्कहरू (2011) | |||||||||||||||
| |||||||||||||||
ओस्लोबाट ३५ किलोमिटर उत्तरपुर्वी दिशामा रहेको उल्लेनसाकरमा रहेको गार्डेरमोअनमा यो विमानस्थल अवस्थित छ। यसमा उत्तर-दक्षिण दिशामा रहेका ३६०० तथा २९५० मिटर लम्बाइका दुईवटा समानान्तर धावनमार्गहरू रहेका छन्। यहाँ ७१ वटा विमानस्ट्यान्ड रहेको छ जसमध्य ३४ वटामा जेटब्रिजको सुविधा उपलब्ध छ। विमानस्थललाई ओस्लो सँग द्रुत गतिको रेल्वे सेवा तथा एयरपोर्ट एक्सप्रेस बसहरूले जोडेका छन्।
ओस्लो विमानस्थल रहेको गार्डेरमोअन क्षेत्र नर्वेजियन सेनालाई सन् १७४०मा प्रयोगको निम्ति उपलब्ध गराइएको थियो। १९४०मा सेनाको प्रयोजनको त्यहाँ पहिलो पल्ट सैनिक हवाइ अड्डाको स्थापना गरिएको थियो। ८ अक्टोबर १९९८ सम्म गार्डेरमोअनलाई जगेडा विमानस्थलको रूपमा मात्र प्रयोग गरिँदै आएको थियो। १९९८मा ओस्लो विमानस्थल, फोर्नेबुलाई बन्द गरिएपछि तथा नयाँ गार्डेरमोअन्को निर्माणपछि यसलाई विधिवत रूपमा प्रमुख विमानस्थलको रूपमा प्रयोगमा ल्याइएको हो। नयाँ टर्मिनल तथा तेस्रो पियर सन् २०१७मा प्रयोगमा आउने लक्षका साथ निर्माण प्रकृया संचालनमा छ।