ओन्टारियो
From Wikipedia, the free encyclopedia
ओन्टारियो क्यानाडाका १३ प्रोभिन्सहरू मध्येको एक प्रोभिन्स हो। यो क्यानाडाको पूर्वी केन्द्रीय भागमा रहेको छ। यो क्यानाडाको सबैभन्दा बढी जनघनत्व भएको प्रोभिन्स हो, जसमा देशका करीब ४० प्रतिशत नागरिकहरू बसोवास गर्दछन्। यो क्यानाडाका प्रोभिन्सहरू मध्ये क्षेत्रफलको आधारमा दोस्रो ठूलो प्रोभिन्स पनि हो।
ओन्टारियोको पश्चिमी सीमामा मनितोबा, उत्तरमा हड्सन खाडी र जेम्स खाडी, पूर्वमा क्युबेक, र दक्षिणमा अमेरिका रहेको छ । ओन्टारियो दुई भागमा विभाजित छ: उत्तरी ओन्टारियो र दक्षिणी ओन्टारियो। ओन्टारियोको दक्षिणी भूभागमा अरेब्ल ल्याड र सबैभन्दा बढी मानिस बस्छन्।