वालमार्ट स्टोर्स इङ्कको सम्पतिकी उत्तराधिकारिणी From Wikipedia, the free encyclopedia
एलिस लोइस वाल्टन (जन्म अक्टोबर ७, १९४९) अमेरिकी वालमार्ट स्टोर्स इङ्कको सम्पतिकी उत्तराधिकारिणी हुन् । उनी वालमार्टका संस्थापकद्वय स्याम वाल्टन र हेलेन वाल्टनकी छोरी हुन् । सन् २०१८ मार्च सम्म वाल्टनसँग $४६ बिलियन बराबरको सम्पति रहेको छ । उनले लोरियालकी उत्तराधिकारिणी फ्रयाङ्कोइज बेटेनकोर्ट मेयर्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी महिला बनेकी छिन् । ।[4] समग्रमा उनी विश्वकै सोह्रौँ धनी व्यक्ति हुन् ।
एलिस वाल्टन Alice Walton | |
---|---|
जन्म | एलिस लोइस वाल्टन ७ अक्टोबर १९४९[1] एर्कानसस, अमेरिका |
वासस्थान | टेक्सास |
नागरिकता | अमेरिकी |
शिक्षा | ट्रिनिटी विश्वविद्यालय[2] |
चिनारीको कारण | उत्तराधिकारिणी, वाल्टन परिवार सम्पति |
जम्मा सम्पति | अमेरिकी$४६ बिलियन (मार्च २०१८)[3] |
कार्यकारी समिति सदस्य | एमोन कार्टर सङ्ग्रहालय |
जीवनसाथी | सम्बन्ध विच्छेद[2] |
मातापिता |
|
सन् २०१६ को सेप्टेम्बरमा जारी गरिएको एक प्रतिवेदन अनुसार उनले $११ बिलियनभन्दा बढिको वालमार्टको शेयर खरिद गरेकी थिइन् ।[5]
वाल्टनको जन्म अमेरिकाको न्यूपोर्टमा भएको हो ।[1] उनले अर्थशास्त्र र वित्तशास्त्रमा ट्रिनिटी विश्वविद्यालय, टेक्सासबाट स्नातक उतिर्ण गरिन् ।[6]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.