From Wikipedia, the free encyclopedia
एलजी यूप्लस निगम (कोरियाली: LG유플러스 वा एलजी यू+ दक्षिण कोरियाली दूरसञ्चार सेवा प्रदायक हो । यो एलजी निगमको स्वामित्वमा रहेको छ जो कोरिया चौथो सबैभन्दा ठूलो बहु-उद्योग कम्पनी हो ।[1] एलजी इलेक्ट्रोनिक्स, एलजी निगमको एक सहायक कम्पनी हो । यो पहिला एलजी दूरसञ्चारको रूपमा चिनिन्थ्यो ।
व्यापार नाम | (Korean) |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक |
व्यावसायिक रूप | ढाँचा:Kse |
उद्योग | दूरसञ्चार |
पूर्ववर्ती | एलजी टेलिकम |
स्थापित | ११ जुलाई १९९६ |
केन्द्रीय कार्यालय | Jung-gu, सोल , |
सेवा क्षेत्र | दक्षिण कोरिया |
मुख्य व्यक्ति | लि साङ चुल प्रमुख कार्यकारी अधिकृत |
उत्पादनहरू | मोबाइल फोन, ताररहित ब्रोडब्याण्ड सेवा |
आम्दानी | ७.८ ट्रिलियन (२०१३) |
परिचालन आय | ५४२.१ बिलियन (२०१३) |
कर्मचारी सङ्ख्या | ४,९८७ (३१ अक्टोबर, २००९) |
मूल सङ्गठन | एलजी निगम |
सहायक कम्पनीहरू | AIN Teleservice CS Leader |
वेबसाइट | LG U+ |
यसले अर्को दुई एलजी दूरसञ्चारका सहायकहरू, डाकोम र पावरकम सँगको समायोजन पछि आफ्नो हालको नाम जुलाई २०१० मा राखेको थियोे । यसले विभिन्न मोबाइल सेवाहरू सञ्चालन गर्दछ । बैङ्क अन दक्षिण कोरियामा सबैभन्दा लोकप्रिय मोबाइल बैङ्किङ सेवा हो र म्युजिक अन, अनलाइन सङ्गीत भण्डारण सेवा हो ।
कोरिया दूरसञ्चारको निर्णय पछि राज्यको स्वामित्वमा रहेकोले यस फोन कम्पनीले, सेलुलर व्यवसायलाई सन् १९९४ मा निजी लगानीकर्ताहरूलाई बेच्नका लागि यस दक्षिण कोरियाली कम्पनीले दूरसञ्चार क्षेत्रमा एक प्रतिस्पर्धामा खोल्यो । कोरिया दूरसञ्चारले सन् १९९९ मा आफ्नो सेलुलर व्यवसायलाई केटी फ्रिटेलको साथमा पुन सुरु गरेको थियो । एलजी, जुन १९९६ मा सीडीएमए लाइसेन्स प्राप्त गरेपछि ताररहित बजारमा प्रवेश गरेको थियोे र एलजी टेलीकमको नामले एक नयाँ दूरसञ्चार सेवा प्रदायक बनेको थियोे र त्यसपछि यो एक राष्ट्रव्यापी डिजिटल सेलुलर सञ्जाल बनेको थियोे । यसले १ अक्टोबर १९९७ मा, व्यक्तिगत सञ्चार सेवाको सुरु गरेको थियोे ।[2] एलजी दूरसञ्चारले व्यक्तिगत सञ्चार सेवा प्रविधिको प्रयोग गरेर विश्वको पहिलो व्यापारिक सीडीएमएवान डाटा सेवा सञ्चालन गरेको थियोे ।[3] यो कोरियाको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो ।[4][5] १ जुलाई २०१० मा, एलजी दूरसञ्चारले हालको नाम एलजी यू + मा परिवर्तन गर्यो ।
जुलाई २००६ मा, कम्पनीले प्रविधि विकास गर्न नचाहे पछि दक्षिण कोरियाली सरकारले 2.1 GHz W-CDMA ब्यान्डविड्थको लागि, एलजी दूरसञ्चारको इजाजतपत्र रद्द गरेको थियोे ।[6]
२०१२ सम्ममा राष्ट्रव्यापी रूपमा सेवा देशै भरि पुर्याउने लक्ष्यले जुलाई २०११ मा, एलजी यू + ले यसको एलटिइ नेटवर्क सञ्चालन गरेको थियोे ।[7]
१७ जुलाई २०१३ मा एलजी यूप्लसले सामसुङ ग्यालेक्सी एस 4मा एलटिइ-ए परिचयको साथ एलटिइ-ए सेवाको सुरुवात गरेको थियोे ।
सन् २०१० मा एलजी दूरसञ्चारले डकोम निगम, एक सञ्जाल सेवाको अधिग्रहण गरेको थियोे जसले हनारो दूरसञ्चारको निर्धारित लाइन नेटवर्कको सञ्चालन गर्दथ्यो । जसले गर्दा यसलाई ल्यान्डलाइनको सञ्चार बजारमा प्रवेश गर्न मद्दत गरेको थियोे ।
डिसेम्बर २००७ मा यू+टिभीको सुरुवात गरिएको थियोे ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.