![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/af/Aron_Einar_Malmquist_Gunnarsson.jpg/640px-Aron_Einar_Malmquist_Gunnarsson.jpg&w=640&q=50)
एरन गनरसन
From Wikipedia, the free encyclopedia
आरोन एनार गुनार्सोन (जन्म: २२ अप्रिल १९८८) एक आइसल्यान्डेली व्यावसायिक फुटबल खेलाडी हुन जो कतारी क्लब अल अरबी र आइसल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तानको रूपमा मध्यपङ्क्तिबाट खेल्ने गर्दछन्।
![]() सन् २०१८ फिफा विश्वकपमा गुनार्सोन | |||
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | आरोन एनार माल्मकेस्त गुनार्सोन[1] | ||
जन्म मिति | (1989-04-22) २२ अप्रिल १९८९ (उमेर ३५)[1] | ||
जन्म स्थान | आक्कुरेरी, आइसल्यान्ड | ||
उचाइ | १.८१ मी[2] | ||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | अल-अरबी फुटबल क्लब | ||
सङ्ख्या | १७ | ||
युवा करियर | |||
सन् २००४–२००५ | थौर आक्कुरेरी | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
सन् २००५–२००६ | थौर आक्कुरेरी | ११ | (०) |
सन् २००६–२००८ | आजेत फुटबल क्लब | १ | (०) |
सन् २००८–२०११ | कोभेन्ट्री सिटी | १२३ | (६) |
सन् २०११–२०१९ | कार्डिफ सिटी | २७१ | (२५) |
सन् २०१९– | अल अरबी | १९ | (२) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
सन् २००५ | १७ वर्ष मुनि | ७ | (२) |
सन् २००६–२००८ | १९ वर्ष मुनि | १६ | (१) |
सन् २००७–२०११ | २१ वर्ष मुनि | ११ | (१) |
सन् २००८– | आइसल्यान्ड | ८७ | (२) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २७ सेप्टेम्बर २०२० (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० सेप्टेम्बर २०१९ |
गुनार्सोनले सन् २००५ मा आइसल्यान्डेली फुटबल क्लब थौर आक्कुरेरी मार्फत व्यावसायिक फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उनले उक्त क्लबमा आवद्ध भएको १ वर्ष भित्रै उनी नेदरल्यान्डेली क्लब आजेट अल्कमारमा आवद्ध भएका थिए। आजेत क्लबसँग दुई वर्ष बिताइसकेपछि उनी अङ्ग्रेजी क्लब कोभन्ट्री सिटीमा आवद्ध भएका थिए भने उनले उक्त क्लबसँगको तीन वर्षे बसाइँमा कुल १३३ उपस्थितिहरूमा ७ गोल गरेका थिए। सन् २०११ मा उनी प्रिमियर लिग क्लब कार्डिफ सिटीसँग आवद्ध भएका थिए भने उनले उक्त क्लबमा ८ वर्ष बिताएका थिए।
आरोनले आइसल्यान्डका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने गरेका छन्। उनले सन् २००८ मा वरिष्ठ राष्ट्रिय टोलीमा आवद्ध भई अन्तर्राष्ट्रिय फुटबल जीवनको पनि सुरुवात गरेका थिए। उनी सन् २०१२ यता राष्ट्रिय टोलीका कप्तानको रूपमा स्थपित हुन सफल भएका छन् भने उनको कप्तानीमा राष्ट्रिय टोलीले सन् २०१८ रूसमा आयोजित फिफा विश्वकपमा सहभागिता जनाएको थियो। उनले हालसम्म राष्ट्रिय टोलीका तर्फबाट ८० भन्दा बढी उपस्थितिहरू जनाइसकेका छन्।