क्यानडेली गायिका, गीतकार, नायिका तथा समाजसेवी From Wikipedia, the free encyclopedia
एभ्रिल लाभिन (जन्म: २७ सेप्टेम्बर १९८४) एक क्यानडेली गायिका तथा गीतकार हुन्। १६ वर्षको उमेरमा, उनले एरिस्टा रेकर्ड्ससँग दुई-एल्बम रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। उनको पहिलो स्टुडियो एल्बम, लेट गो (सन् २००२) हो जुन क्यानडेली कलाकारद्वारा २१औँ शताब्दीको सबैभन्दा बढी बिक्री भएको एल्बम हो। उक्त एल्बममा समावेश गीत "कम्म्लिकेटेड" र "स्टेटर बोई" सर्वाधिक सफल बन्न पुगेको थियो। जसले स्केट पङ्क व्यक्तित्वमा जोड दियो र उनलाई सङ्गीत प्रकाशनहरूबाट पप-पङ्कको क्षेत्रमा रानीको उपाधि प्राप्त गरेकी थिइन।[3][4] उनलाई पप-पङ्क सङ्गीतको विकासमा एक प्रमुख सङ्गीतकार मानिन्छ। उनले २०२० को दशकको सुरुमा महिला नेतृत्वमा, पङ्क-प्रभावित पप सङ्गीतको लागि मार्ग प्रशस्त गरेकी थिइन्।[5][6] उनको दोस्रो स्टुडियो एल्बम, अन्डर माई स्किन (सन् २००४), संयुक्त राज्य अमेरिकाको बिलबोर्ड २०० तालिकाको शीर्षमा पुग्ने उनको पहिलो एल्बम बनेको थियो, जसले विश्वव्यापी रूपमा १ करोड प्रतिहरू बिक्री गरेको थियो।
एभ्रिल लाभिन | |
---|---|
जन्म | एभ्रिल रामोना लाभिन सेप्टेम्बर २७, १९८४ बेलेभिल, ओन्टारियो, क्यानडा |
नागरिकता | |
पेशा |
|
कार्यकाल | सन् १९९९–हाल |
कार्य |
|
जीवनसाथी | डेरेक ह्विम्ब्ली
( वि २००६; सवि २०१०)चाड क्रुगर
( वि २०१३; सवि २०१५) |
पुरस्कार | पूर्ण सूची |
साङ्गीतिक जीवन | |
विधा |
|
वाद्ययन्त्र |
|
लेबल |
|
हस्ताक्षर | |
वेबसाइट | avrillavigne |
लाभिनको तेस्रो स्टुडियो एल्बम, द बेस्ट ड्याम थिङ (सन् २००७), विश्वका सात देशहरूमा शीर्ष स्थानमा पुग्न सफल भएको थियो र यसको प्रमुख गीत "गर्लफ्रेन्ड"ले अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेको थियो जुन संयुक्त राज्य अमेरिकामा बिलबोर्ड हट १०० को शीर्षमा पुग्ने उनको पहिलो गीत बनेको थियो। उनको अर्को दुई स्टुडियो एल्बमहरू, गुडबाई लुलाबाई (सन् २०११) र एभ्रिल लाभिन (सन् २०१३) ले निरन्तर व्यावसायिक सफलता हासिल गरेको थियो। क्यानडा, संयुक्त राज्य अमेरिका र अन्य क्षेत्रहरूमा उक्त एल्बम स्वर्ण प्रमाणित भएको थियो।[7] आफ्नो छैटौँ स्टुडियो एल्बम, हेड अबोभ वाटर (सन् २०१९) जारी गरेपछि, उनी आफ्नो सातौँ स्टुडियो एल्बम, लभ सक्स (सन् २०२२) को साथ आफ्नो साङ्गीतिक यात्रामा पुनः फर्किएकी थिइन्।[8] उनको प्रशंसामा आठ ग्रामी पुरस्कार नामाङ्कनहरू समावेश छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.