एनिमे
जापान उत्पादित एनिमेसन / From Wikipedia, the free encyclopedia
एनिमे (जापानी: アニメ, जापानी उच्चारण: आनिमे ) हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन हुन् । "एनिमे" शब्द अङ्ग्रेजी शब्द एनिमेसनको लघु रुप हो, जसले सम्पूर्ण एनिमेसन निर्मित सामग्रीहरूलाई जनाउँछ ।[1] जापान बाहिर विशेषत: पश्चिमा मुलुकमा भने एनिमेले जापानमा वा जापानी शैलीमा बनाइएका एनिमेसन सामग्रीलाई बुझाउँछ ।[2] एनिमेको ईतिहास सन् १९१७बाट सुरु भएको मानिन्छ भने सन् १९६० को दशकबाट एनिमे शैलीगत विकास भएको पाइन्छ । जापानमा करिब ४३० एनिमेसन उत्पादन कम्पनी (जसमा स्टुडियो जिब्ली, गेइनेक्स, तोइ एनिमेसन जस्ता स्थापित नाउँहरू) रहेका छन् । एनिमेहरू अङ्ग्रेजी भाषामा अनुवादित हुन थालेपछि नै चर्चित बन्दै गएको हुन् ।
ग्राफिक कला सँग, कथा एवम् पात्रका वस्तुगत वास्तविकताको संयोजन, दृश्यजन्य शैली, र विविध कलात्मक पक्षले एनिमेले लौकिक र पारलौकिक कथात्व बोकेको हुन्छ ।[3]