एदुआर्दो सभेरिन
From Wikipedia, the free encyclopedia
एदुआर्दो लुइज सभेरिन (/ˈsævərɪn/; पोर्तुगाली: [eduˈaɾdu luˈis ˈsaveɾĩ]; जन्म मार्च १९, १९८२)[4] एक ब्राजिली उद्यमी र प्रायोजक लगानीकर्ता हुन्।[5] सभेरिन फेसबुकका संस्थापकहरू मध्येका एक हुन्।[6] सन् २०१२ मा उनको स्वामित्वमा फेसबुकको ५३ मिलियन सेयर रहेको थियो[7] (अनुमानित विशिष्ट सेयरमध्ये २%), जुन त्यस्ताका लगभग २ बिलियन अमेरिकी डलर मानिएको थियो।[8][9] उनले क्युविकी र जुमियोजस्ता प्रारम्भिक चरणका नयाँ व्यावसायिक सङ्गठनहरूमा समेत लगानी गरेका थिए।[10][11]
एदुआर्दो सभेरिन | |
---|---|
जन्म | एदुआर्दो लुइज सभेरिन (1982-03-19) १९ मार्च १९८२ (उमेर ४२) साओ पाउलो |
वासस्थान | सिङ्गापुर |
नागरिकता | ब्राजिल[1][2] |
मातृ शिक्षाप्रतिष्ठान | हार्वर्ड विश्वविद्यालय (बिए) |
चिनारीको कारण | फेसबुकको सह-संस्थापक |
जम्मा सम्पति | अमेरिकी डलर१०.१ अर्ब[3] (जुन २०१९) |
जीवनसाथी | एलेन एन्द्रिएजानसेन (वि. २०१५) |
वेबसाइट | www |
सभेरिनले सेप्टेम्बर २०११ मा आफ्नो अमेरिकी नागरिकता त्याग गरेका थिए,[12][13] जसको कारण उनलाई पुँजीगत लाभ करमा अनुमानित $७०० मिलियन बचेको केही सञ्चार माध्यमहरूले प्रस्तुत गरेपछि उनी विवादमा तानिएका थिए। [5][14][15] पछि सभेरिनले कर छल्नको लागि नभएर सन् २००९ देखि नै सिङ्गापुरमा बसि आएकोले काम गर्न पायक भएकोले आफ्नो अमेरिकी नागरिकता त्याग गरेको अभिव्यक्ति दिएका थिए।[12][16]