From Wikipedia, the free encyclopedia
"इन्ड गेम" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट, बेलायती गायक एड सिरन र अमेरिकी र्यापर फ्युचरको गीत हो जुन स्विफ्टको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। यस गीतलाई चर्चित रेकर्ड निर्माता सेलब्याक र म्याक्स मार्टिनले लेखेका हुन् जुन पहिलोपटक १४ नोभेम्बर २०१७ मा फ्रान्सेली समकालीन पप रेडियो चर्टमा एल्बमको तेस्रो एकलको रूपमा सार्वजनिक गरिएको थियो।[3] यस गीतलाई पछि २६ जनवरी २०१८ मा संयुक्त अधिराज्यको समकालीन हिट रेडियो चार्टमा पनि सार्वजनिक गरिएको थियो।
"इन्ड गेम" | ||||
---|---|---|---|---|
टेलर स्विफ्ट, एड सिरन र फ्युचरको एकल | ||||
सार्वजनिक | १४ नोभेम्बर २०१७ | |||
ढाँचा |
| |||
स्टुडियो | एमएक्सएम स्टुडियो (स्टकहोम, स्विडेन) सेस्मिक एक्टिभिटिज स्टुडियो ट्रि साउन्ड स्टुडियो (एट्लान्टा, जर्जिया) | |||
किसिम | आर एण्ड बी[1] | |||
लम्बाई | ४:०४ | |||
लेबल | बिग मेसिन | |||
गीतकार(हरू) |
| |||
रेकर्ड निर्माता(हरू) |
| |||
टेलर स्विफ्ट एकल कालक्रम | ||||
| ||||
एड सिरन एकल कालक्रम | ||||
| ||||
फ्युचर एकल कालक्रम | ||||
| ||||
साङ्गीतिक भिडियो | ||||
"इन्ड गेम" युट्युबमा हेर्नुहोस् |
टेलर स्विफ्टको छैटौँ स्टुडियो एल्बम रेपुटेसनको सार्वजनिक हुने हप्ता १४ नोभेम्बर २०१७ का दिन "इन्ड गेम" गीत पहिलोपटक फ्रान्सको सङ्गीत चार्ट समकालीन हिट रेडियोमा सार्वजनिक गरिएको थियो। ११ जनवरी २०१८ मा स्विफ्टले "इन्ड गेम" गीतको आधिकारिक सङ्गीत भिडियो त्यहि दिनको मध्यरातमा सार्वजनिक हुने घोषणा गरेकी थिइन्। पछि २६ जनवरी २०२८ मा यस गीतलाई संयुक्त अधिराज्यको समकालीन हिट रेडियो चार्टमा सार्वजनिक गरिएको थियो।
"इन्ड गेम" गीतलाई टेलर स्विफ्ट, म्याक्स मार्टिन र।सेलब्याकले लेखेका हुन् भने यस गीतलाई मार्टिन र सेलब्याकले निर्माण गरेका हुन्। यस गीतको लम्बाई ४ मिनेट ४ सेकेन्ड छ र यो गीत १५९ बिट प्रति मिनेटले चलेको छ।[4] साङ्गीतिक रूपले यो गीत समकालीन आर र बी बर्णमा पर्छ।[5]
सन् २०१७ डिसेम्बरको अन्त्य तिर एड सिरनले "इन्ड गेम" गीतको आधिकारिक भिडियो सार्वजनिक हुने घोषणा गरेका थिए।[6]
१० जनवरी २०१८ मा स्विफ्टले आफ्नो सामाजिक सञ्जाल अनुप्रयोग "द स्विफ्ट लाइफ" मा जनवरी १२ का दिन यस सङ्गीतको आधिकारिक भिडियो गुड मर्निङ अमेरिका नामक एक टेलिभिजन कार्यक्रम मार्फत सार्वजनिक गरिने घोषणा गरेकी थिइन्। उनले यस भिडियोका केही तस्वीरहरू सामाजिक सञ्जालमा राखेकी थिइन्। त्यसको एक दिन पछि स्विफ्टले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताहरू मार्फत उक्त भिडियोको सानो अंश पनि उध्वभरण गरेकी थिइन्।
१२ जनवरी २०१८ का दिन यस गीतको आधिकारिक भिडियो स्विफ्टको भिभो खाता मार्फत सार्वजनिक गरिएको थियो। यस भिडियोका निर्देशक जोसेफ केन हुन् भने उनले निर्देशन गरेको भिडियोहरू मध्ये यो १७अौँ भिडियो थियो। यस भिडियोहरू देश विदेशका विभिन्न स्थानहरूमा कैद गरिएको छ जसमा फ्लोरिडाको मायामी, जापानको टोकियो र लण्डन समावेश गरिएका छन्। मायामीमा देखाइएको झलकमा फ्युचरले एक गाडि चलाइरहेका हुन्छन् जसको कुल मूल्य ५००,००० अमेरिक डलर रहेको छ। लण्डनको एक स्थानमा देखाइएको दृश्यमा स्विफ्ट एक मनोरञ्जन केन्द्रमा बसेकी हुन्छन् र त्यसपछि एक दृश्यमा स्विफ्टले जापानको टोकियोमा मोटरसाइकल चलाइरहेको देखाइन्छ।[7] यस भिडियोले युट्युबमा सार्वजनिक भएको पहिलो २४ घण्टामा १४.४ मिलियन अवलोकन पाएको थियो। जनवरी २०१९ का अनुसार यस भिडियोलाई युट्युबमा १९० मिलियन पटक अवलोकन गरिएको छ।
संयुक्त राज्य अमेरिकाको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १००मा गीत ९ डिसेम्बर २०१७ का दिन बलियो डिजिटल बिक्रीका कारण शीर्ष ८६अौँ आउँदै चार्ट प्रवेश गरेको थियो।[8] चार्टमा प्रवेश गरेको अर्को हप्ता यस गीत ३ स्थान सक्लिँदै ८३अौँ स्थानमा आएको थियो भने त्यसको अर्को हप्ता गीत एकैचोटि ३६अौँ स्थानमा आएको थियो जुन स्विफ्टको बिलबोर्ड हट १०० चार्टमा शीर्ष ५० मा पर्ने व्यक्तिगत ५५अौँ गीत बनेको थियो। त्यसपछिको अर्को दुई हप्ता पछि गीत १८अौँ स्थानमा आउँन सफल हुँदै रेपुटेसन एल्बमका गीतहरू मध्ये शीर्ष २० मा पर्ने तेस्रो गीत बनेको थियो। त्यसको अर्को हप्ता गीत ३०अौँ स्थानमा घटेको थियो।[9] यस गीतले बिलबोर्ड मेनस्ट्रिम चार्टमा शीर्ष १०, वयस्क टप ४० मा शीर्ष १६ मा र रिदमिक सङमा शीर्ष २५ मा आउन सफल भएको थियो।
क्यानडाको आधिकारिक चार्ट क्यानडेली हट १०० मा यस गीत ५३अौँ स्थानमा आएको थियो तर गीतको आधिकारिक भिडियो सार्वजनिक भएसँगै गीत शीर्ष ११अौँ स्थानमा आउन सफल भएको थियो। यस गीतले युएस मेनस्ट्रिमिङ टप ४० मा शीर्ष १७ मा आउन सफल भएको थियो।
अस्ट्रेलियाको आधिकारिक चार्ट कम्पनी एरिया चार्टमा मा गीत ३८अौँ स्थानमा आउँद चार्ट प्रवेश गरेको थियो भने गीत ३६अौँ स्थान सम्म पुगेको थियो। संयुक्त अधिराज्यको आधिकारिक चार्ट कम्पनीमा यस गीत ८७अौँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो भने पछि यो गीत ४९अौँ स्थान सम्म पुग्न सफल भएको थियो।
चार्ट (२०१७–१८) | शीर्ष स्थान |
---|---|
अस्ट्रेलिया (एरिया तालिका)[10] | ३६ |
बेल्जियम (अल्ट्राटप भ्लान्दरेन)[11] | ८ |
बेल्जियम (अल्ट्राटप ५० भ्लान्दरेन)[12] | १९ |
क्यानडा (क्यानडेली हट १००)[13] | ११ |
क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[14] | १७ |
क्यानडा (क्यानडा हट एसी)[15] | ३० |
कोलम्बिया (नेसनल रिपोर्ट)[16] | ८४ |
कोस्टारिका (मनिटर ल्याटिनो)[17] | ६ |
चेक गणतन्त्र (एकल डिजिटल शीर्ष १०० सङ्गीत)[18] | ६३ |
डोमिनिकन गणतन्त्र (मनिटर ल्याटिनो)[19] | ९ |
एल साल्भादोर (मोनिटर ल्याटिनो)[20] | १४ |
फ्रान्स (एसएनइपी)[21] | १३० |
आयरल्यान्ड (आइआरएमए)[22] | ६८ |
इजरायल (मिडिया फरेस्ट)[23] | २ |
न्युजिल्यान्ड (आरएमएनजेट)[24] | २ |
निकाराग्वा (मनिटर ल्याटिनो)[25] | १७ |
८४ | |
पोल्यान्ड (पोल्यान्डेेेली एयरप्ले शीर्ष १००)[26] | ५२ |
पोर्तगाल (एएफपी)[27] | ८१ |
रोमानिया (एयरप्ले १००)[28] | ८४ |
स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[29] | ५४ |
स्लोभाकिया (एकल डिजिटल टप गीत)[30] | ६४ |
युके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[31] | ४९ |
संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[32] | १८ |
संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[33] | १३ |
संयुक्त राज्य अमेरिका डान्स मिक्स सो एयरप्ले (बिलबोर्ड)[34] | १८ |
संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[35] | १० |
संयुक्त राज्य अमेरिका रिदमिक (बिलबोर्ड)[36] | २५ |
चार्ट (२०१८) | स्थान |
---|---|
एल साल्भादोर (मनिटर ल्याटिनो)[37] | ७७ |
संयुक्त राज्य अमेरिका युएस मेनस्ट्रिम ४० (बिलबोर्ड)[38] | ४६ |
संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[39] | ५० |
देश | प्रमाणपत्र | कम्पनी |
---|---|---|
अस्ट्रेलिया (एरिया) | प्लेटिनम [40] | ७०,००० |
ब्राजिल (प्रो म्युजिक ब्राजिल) | गोल्ड [41] | २०,००० |
क्यानडा (म्युजिक क्यानडा) | प्लेटिनम [42] | ८०,००० |
संयुक्त राज्य अमेरिका (आरआइएए) | प्लेटिनम [43] | १,०००,००० |
देश | मिति | ढाँचा | लेबल |
---|---|---|---|
फ्रान्स[44] | १४ नोभेम्बर २०१७ | रेडियो मेनस्ट्रिम | बिग मेसिन |
संयुक्त राज्य अमेरिका[45] | ३ डिसेम्बर २०१७ | ||
नेदरल्यान्ड[46] | १३ जनवरी २०१८ | युनिभर्सल म्युजिक | |
संयुक्त अधिराज्य[47] | २६ जनवरी २०१८ | भर्जिन इएमआइ | |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.