From Wikipedia, the free encyclopedia
पिटी इन्डोस्याट टिबिके, (व्यापारिक नाम इन्डोस्याट उरिदू सन् २०१५ देखि, उरिदूको ६५% स्वामित्वमा रहेकाले), इन्डोनेसियाको एक प्रमुख दूरसञ्चार प्रदायकहरू मध्ये एक हो।[3] यो कम्पनीले मोबाइल फोनको लागि ताररहित सेवा प्रदान गर्दै आइरहेको छ। इन्डोस्याटले तिनिहरूको ताररहित सेवाहरू केही उप-ब्राण्डहरूमा सञ्चालन गर्दछ जसमध्ये आईएम३, मेन्तारी, र म्याट्रिक्स पर्दछन्। यी ब्राण्डहरू तिनिहरूको भुक्तानी नमूनाका साथसाथै (प्रि-पेड र पोष्ट पेड) मूल्य निर्धारणमा पनि फरक पर्दछन्। इन्डोस्याटले अन्तर्राष्ट्रिय प्रत्यक्ष सम्पर्क, निश्चित दूरसञ्चार र बहुसञ्चार माध्यम जस्ता अन्य सेवा तथा सुविधाहरू पनि प्रदान गर्दै आइरहेको छ।[4]
व्यापार नाम | इण्डोस्याट उरिदू |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | ID1000097405 |
उद्योग | दूरसञ्चार |
स्थापित | २० नोभेम्बर १९६७ |
केन्द्रीय कार्यालय | जाकार्ता, इन्डोनेसिया |
मुख्य व्यक्ति | अहमद अब्दुललाजीज अल नियमा, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत[1] |
उत्पादनहरू | सम्पूर्ण रसञ्चार सेवाहरू services |
आम्दानी | २९.१८४ ट्रिलियन (सन् २०१६) |
१. ट्रिलियन (सन् २०१६) | |
कुल सम्पत्ति | ५०.८३८ ट्रिलियन (सन् २०१६) |
मालिक | उरिदू (६५.००%) इन्डोनेसिया सरकार (१४.२९%) स्काजेन एएस संस्था (५.४२%) सार्वजनिक (१५.२९%)[2] |
सहायक कम्पनीहरू | इन्डोस्याट एमटु गिग |
वेबसाइट | www.indosatooredoo.com |
फेब्रुअरी २०१३ मा क्युटेल, इन्डोस्याटको बहुसङ्ख्यक शेयरधनीले आफ्नो नाम उरिदूमा परिवर्तन गरी कम्पनीको पुनर्गठन गरेको थियो। त्यसपछि, यसका विभिन्न देशहरूमा रहेका सबै सहायक कम्पनीहरूको नाम क्रमश परिवर्तन गरिएको थियो।[5] जस्तै, इन्डोस्याटलाई १९ नोभेम्बर २०१५ मा इन्डोस्याट उरिदूमा परिवर्तन गरिएको थियो।[6]
सन् २०१८ सम्म, इन्डोस्याटका ९ करोड ७० लाख ग्राहकहरू रहेका छन्। यो सङ्ख्या सन् २०१३ पछि ह्वात्तै बढेको थियो।[7] सन् २०१३ मा प्रयोगकर्ताको सङ्ख्या ५ करोड ८५ लाख रहेको थियो। सन् २०१६ को आँकडा हेर्ने हो भने इन्डोस्याटले देशको २२.२% बजार साझेदारी गरेको छ जसले गर्दा यो इन्डोनेसियाको दोस्रो सबैभन्दा ठूलो मोबाइल सञ्जाल सञ्चालक बनेको छ।
इन्डोस्याट इन्डोनेसियामा पहिलो विदेशीको लगानीमा स्थापना भएको कम्पनी थियो जसले अन्तर्राष्ट्रिय भू-उपग्रहको प्रयोग गरी अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाहरू प्रदान गरेको थियो।
इन्डोस्याट पछि विस्तार भयो र अधिग्रहणमा भाग लिने पहिलो अन्तर्राष्ट्रिय कम्पनी बनेको थियो र यसको सबै भग इन्डोनेसियाली सरकारको स्वामित्वमा रहेको थियो।
इन्डोस्याटले शेयर बहुमत मार्फत स्याटेलिण्डो र एसएलआई हासिल गरेको थियोे। कम्पनीले पिटी इन्डोस्याट मल्टिमिडिया मोबाइल (आइएम३) को स्थापना गर्दै देशव्यापी रूपमा पहिलो पटक जिपिआरएस सञ्चालन र प्रदान गरेको थियो सन् २००३ मा, इन्डोस्याटले यसको ३ वटा सहायक कम्पनीहरू जस्तै स्याटेलिण्डो, आइएम३ र बिमाग्रहलाई समायोजन गरी मोबाइल सञ्जाल सञ्चालकको रूपमा आफुलाई उभ्याएको थियो।
इन्डोस्याटलाई इन्डोनेसियाली सरकारले तेस्रो पुस्ता सञ्जाल सञ्चालन गर्नको लागि अनुमति पत्र प्रदान गरिएको थियो। त्यस, कम्पनीले राजधानी सहर जाकार्ता र सुरबायामा साढे तेस्रो पुस्ता सेवा सुरु गरेको थियो। सन् २००९ मा, क्युटेलले २४.१९% सेरिज बीको साझेदारीको सार्वजनिक मार्फत खरिद गरी ६५% स्वामित्वसँग इन्डोस्याटको बहुमत शेयरधनी बनेको थियो। कम्पनीले सोही वर्ष पछि अतिरिक्त ३ जी आवृत्तिहरूको प्रयोग गर्न अनुमति दिइएको थियो। इन्डोस्याट यस अवधिमा सरकारबाट वाइम्याक्सको बोली पनि जितेको थियो।
सन् २०१४ मा, इन्डोस्याटले ४९ मेगाहर्ज चौथो पुस्ता|4 जी सेवा सुरू गरेको थियो र यसले ४२ मेगाबाइट प्रति सेकेण्डको डाउनलोड गति प्रदान गरको थियोे। सेवाहरू पहिला सहरी क्षेत्रहरूमा प्रदान गरिएको थियो र पछि यसका सबै सेवाहरू क्रमशः ग्रामीण क्षेत्रहरूमा पनि पुर्याइएको थियो। नोभेम्बर २०१५ मा, इन्डोस्याटले आफुलाई इन्डोस्याट उरिदूको रूपमा पुनर्गठन गरेको थियो।
लिन्तासार्ता (पिटी अप्लिकानुसा लिन्तासार्ता)
इन्डोस्याट ओरिडोको १००% स्वामित्वमा रहेको एक दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। यो सन् २००० देखि सेवामा रहेको छ जहाँ यसले विभिन्न इण्टरनेट सम्बन्धित सेवाहरू प्रदान गर्दै आइरहेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.