![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/19/Unificacion-de-Italia.gif/640px-Unificacion-de-Italia.gif&w=640&q=50)
इटालीको एकीकरण
From Wikipedia, the free encyclopedia
इटालीको एकीकरण ( इटालेली: Unità d'Italia [uniˈta ddiˈtaːlja] ) १९ औँ शताब्दीको इटलीमा एक राजनैतिक र सामाजिक अभियान थियो । यस अभियानको सुरुवात र अन्त तिथि इतिहासकारमा विवाद छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/19/Unificacion-de-Italia.gif/640px-Unificacion-de-Italia.gif)
सन् १८७० मा इटालीको एकीकरण सम्पन्न भएको हो । एकीकरण अघि अर्थात १९ औँ शताब्दीको सुरुमा इटाली ५ भागमा विभाजित थियो र ती क्षेत्रमा विभिन्न साम्राज्यको अधिकार थियो । त्यस समय इटालीको स्थिती निम्नानुसार थियो ।
- नेपल्स र सिसिली नामक दक्षिणका दुई क्षेत्राहरू बुर्बो राजवंशको अधीनमा एक राज्यको एउपमा थिए ।
- रोम र यसको आसपासको चर्चको राज्यमा फ्रान्सको प्रभाव थियो ।
- मध्य इटालीको परमा, मेडेना, टस्कनी र रोम्पागनामाथी अस्ट्रिया साम्राज्यको प्रभाव थियो ।
- उत्तरतर्फको लोम्बार्डी - भेनेसियाको क्षेत्र अष्ट्रीया साम्राज्य अन्तर्गत पर्दथ्यो ।
- सार्डिनिया तथा पिड्मन्ट राज्य मात्र स्वतन्त्र राज्यको रूपमा थिए ।