![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/74/Indian_Pond_Heron_in_Sri_Lanka.jpg/640px-Indian_Pond_Heron_in_Sri_Lanka.jpg&w=640&q=50)
आसकोटे बकुल्ला
From Wikipedia, the free encyclopedia
आसकोटे बकुल्ला, बकुल्लो प्रजातिको एक सानो चरा हो। यस सुन्दर चराको प्वाँख सेतो र माटो रङ्गको हुन्छ र यसको ढाडको पछाडिपट्टि खैरो धर्सा हुन्छ भने यसको चुच्चो पहेँलो हुन्छ र चुच्चोको सबैभन्दा तल्लो भाग कालो रङ्गको हुन्छ। यो चरा पुर्व जगत (पहिलाको अफ्रिका , युरोप र एसिया)बाट उत्पत्ति भएको थियो जहाँ यसले दक्षिणमा इरान देखि पुर्वमा पाकिस्तान, भारत, बर्मा, बङ्गलादेश, र श्रीलङ्कामा प्रजनन गर्दथ्यो। यसको अर्को महत्त्वपूर्ण तथ्य के हो भने, प्रजनन ऋतुमा वा मार्च देखि सेप्टेम्बर महिना सम्ममा यसको खुट्टाको रङ्ग हरियोबाट परिवर्तन भई पहेँलो हुने गर्दछ। केही चराहरूको भने रातो खुट्टा हुने गर्दछ, दक्षिणी र पश्चिमी भारतका ठाउँहरूमा यस्ता रङ्ग भएका चराहरू २ प्रतिशत मात्रै पाइएको तथ्याङ्क रहेको छ। अधिकाङ्श समयमा यो शान्त बस्दछ तर यसले भ्यागुताले ट्यार ट्यार गरेर कराएको जस्तो आवाज पनि निकाल्ने गर्दछ। यो सानो हुने भएकाले टाढाको दूरीमा रहेको यस पंक्षीलाई आँखाले ठम्याउन गार्हो पर्दछ। यसको शत्रुलाई छक्काउने वा भ्रममा पार्ने शैली उत्कृष्ट रहेको छ। यस चराको हामी नजिकै गएमा मात्रै उड्ने गर्दछ। उक्त व्यावहारले गर्दा यो पंक्षीले आँखा कम देख्ने वा अन्घो रहेको विश्वास गरिएको छ। [2][3]
आसकोटे बकुल्ला | |
---|---|
![]() | |
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | Pelecaniformes |
कुल: | Ardeidae |
वंश: | अर्डियोला |
प्रजाति: | ए ग्रेइइ |
वैज्ञानिक नाम | |
अर्डियोला ग्रेइइ (Sykes, १८३२) | |
![]() | |
पर्याय | |
Ardeola leucoptera |