इन्टरनेटमा आधारित इ-कमर्स साइट From Wikipedia, the free encyclopedia
अलिबाबा समूह होल्डिंग लिमिटेड ( अङ्ग्रेजी: Alibaba Group, चिनियाँ: 阿里巴巴集团控股有限公司; फिनयिन: Ālǐbābā Jítuán Kònggǔ Yǒuxiàn Gōngsī)एउटा चिनिया इ-कमर्श कम्पनी हो जसले वेभ पोर्टल मार्फत उपभोक्ता देखि उपभोक्तासम्म, व्यावसाय देखि व्यावसाय विक्रि सेवा प्रदान गर्दछ । यस इलेक्ट्रोनिक भुक्तानी सेवा, खरिद विक्रि सम्बन्धी सर्च इन्जिन तथा क्लाउड कम्प्यूटिंग सेवा समेत उपलब्ध गराउने गर्दछ । यो समूहको शुरूवात सन् १९९९ मा ज्याक माले चिनिया उत्पादकहरूलाई विदेशी खरिदकर्ताहरूसँग जोड्ने उद्देश्यले अलिबाबा डट कमबाट गरेका थिए । सन् २०१२ मा अलिबाबाको दुई पोर्टलहरूले करिब ११० खर्बको विक्रि गरेका थिए ।[1] यस कम्पनीको प्रारम्भिक पब्लिक अफरिंगको बन्द हुने समयमा यसको बजार मूल्य अमेरिकि डलर २३१ अर्ब रहेको थियो । [2]
नोभेम्बर २०१७ मा अलिबाबाको बजार पूँजिकरण ४८६.२७ अर्ब अमेरिकि डलर रहेको थियो । यो कम्पनी संसारको सबैभन्दा मूल्यवान तथा ठूला १० कम्पनीहरू मध्ये रहेको छ ।
अलिबाबाले सन् २०१६ अप्रिलमा वालमार्टलाई[3] पछि पार्दै २०० भन्दा बढि देशहरूमा सञ्चालनको[4] साथ संसारको सबैभन्दा मूल्यवान रिटेलर र ठूला इन्टरनेट कम्पनीहरू मध्ये एक भएको थियो । सन् २०१५ मा यसको अनलाइन विक्रि तथा नाफा अमेरिकाका सबै रिटेलरहरूको एकिकृत भन्दा बढि रहेको थियो ।[5] यसले आफ्नो सेवालाई मिडिया उद्योगमा विस्तार गरेको पश्चात राजस्वमा ३ अङ्कको प्रतिशत प्रति वर्षको बृद्धि भएको थियो । [6][7]
सन् २०१७ अगस्तमा अलिबाबा ५२.९ करोड भन्दा बढि मासिक सक्रिय मोबाइल प्रयोगकर्ता रहेका थिए ।[8] यसले अनलाई डिजिटल प्रसारण सेवा 9Apps, जसमा धेरै अनलाई सामग्री तथा एपलिकेसन रहेको छ । [9]
सन् २०१७ मा अलिबाबा अमेरिकि डलर ४०० अर्बको बजार पूँजिकरण भएको एसियाको पहिलो कम्पनी भएको थियो । अलिबाबाले पाँच वर्षमा १०० अर्ब युआन रकम चिन तथा विश्वभरि लगानी गर्ने घोषणा गरेको छ । यसले आफ्नो हिस्सालाई ४७ प्रतिशत देखि ५१ प्रतिशत बनाउनको लागि ५.३ अर्व युआन सिआनिआओ स्मार्ट लजिस्टिक नेटवर्कमा लगानी गरेको । हालै अलिबाबाले एमाजन, माइक्रोसफ्ट तथा गुगल जस्ता मुख्य क्लाउड सेवा प्रदायकहरूलाई पछि पारि ३ अङ्क प्रतिशतको प्रति वर्ष राजस्व बृद्धि गरेको छ ।
अलिबाबाले नयाँ लाईभ मनोरञ्जन व्यावसाय यसको डिजिटल मिडिया एण्ड इन्टरटेन्मेन्ट समूह अन्तर्गत सञ्चालनमा ल्याएको छ । यस सेवाले मुख्यतया टिकट विक्रि, अनलाईन सामग्री तयार तथा लाईभ अनुभवमा केन्द्रि रेहको छ ।
यो कम्पनीको नाम ज्याक माले भने अनुसार वन थाउजेन एण्ड वन नाइटको अलिबाबा भन्ने पात्रको नामबाट लिइएको हो । [10]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.