आन्ध्र महासागर
युरोप, अफ्रिका र अमेरिका बीचको महासागर / From Wikipedia, the free encyclopedia 0
आन्ध्र महासागर वा एटलान्टिक महासागर विशाल जलराशिको नाम हो जो यूरोप तथा अफ्रिका महादेशहरूको नयाँ संसारका महादेशहरूदेखि पृथक गर्छ । क्षेत्रफल र विस्तारमा संसारको दोस्रो ठुलो महासागर हो जसले पृथ्वी को १/५ क्षेत्र ओगटेको छ । यस महासागरको नाम ग्रीक संस्कृतिबाट लिइएको छ जसमा यसलाई नक्शाको समुद्र पनि भनिन्छ । यस महासागरको आकार लगभग अङ्ग्रेजी अक्षर ८ को जस्तो छ । लम्बाईको अपेक्षा यसको चौडाई धेरै कम रहेको छ । आर्कटिक सागर, जो बेरिङ्ग जलडमरूमध्यबाट उत्तरी ध्रुव हुँदै स्पिट्सबर्जेन र ग्रिनल्यान्डसम्म फैलिएको छ, मुख्यतः आन्ध्रमहासागरको नैं अङ्ग हो । यस प्रकार उत्तरमा बेरिङ्ग जल-डमरूमध्यबाट लिएर दक्षिणमा कोट्सलैंडसम्म यसको लंबाई १२,८१० माईल छ । यस्तै प्रकार दक्षिणमा दक्षिणी जर्जियाको दक्षिण स्थित वैडल सागर पनि यसै महासागरको अङ्ग हो । यसको क्षेत्रफल यस अन्तर्गतका समुद्रहरुसहित ४,१०,८१,०४० वर्ग माईल छ [1][2]।
यस अन्तर्गत समुद्रहरूलाई छोडेर यसको क्षेत्रफल ३,१८,१४,६४० वर्ग माईल छ । यो एउटा विशाल महासागर नै हो जसको अधीन विश्वको सबभन्दा ठूलो जलप्रवाह क्षेत्र रहेको छ । उत्तरी आन्द्रामहासागरको पृष्ठतलको लवणता अन्य समुद्रहरूको तुलनामा पर्याप्त रहेको छ । यसको अधिकतम मात्रा ३.७ प्रतिशत छ जो २०°- ३०° उत्तर अक्षांशहरूको बिचमा विद्यमान छ । यस महासागरको अन्य भागहरूमा लवणता अपेक्षाकृत कम रहेको छ ।
आन्ध्र महासागर | |
---|---|
निर्देशाङ्क | ०°उ॰ २५°प॰[3] |
प्रवाहित राष्ट्रहरू | राष्ट्रहरूको सुची |
सतहको क्षेत्रफल | १०,६४,६०,००० किमी२ (४,११,००,००० वर्ग माइल)[1][2] North Atlantic: ४,१४,९०,००० किमी२ (१,६०,२०,००० वर्ग माइल), South Atlantic ४,०२,७०,००० किमी२ (१,५५,५०,००० वर्ग माइल)[4] |
औसत गहिराइ | ३,६४६ मी (११,९६२ फिट)[4] |
अधिकतम गहिराइ | ८,४८६ मी (२७,८४१ फिट)[4] |
पानीको आयतन | ३१,०४,१०,९०० किमी3 (७,४४,७१,५०० घन माइल)[4] |
किनारा लम्बाइ1 | १,११,८६६ किमी (६९,५१० माइल) including marginal seas[3] |
टापुहरू | टापुहरूको सुची |
1 किनाराको लम्बाइ उपयुक्त तरिकाले परिभाषित छैन। |