From Wikipedia, the free encyclopedia
आइएसी एक अमेरिकी नियन्त्रक कम्पनी हो जसले १०० भन्दा बढी देशहरूमा विभिन्न सञ्चार माध्यम र इन्टरनेट सम्बन्धित ब्राण्डहरूको स्वामित्व राख्दछ।[2] कम्पनीको प्रधान कार्यालय न्यु योर्क सहरमा अवस्थित छ[3] भने यसलाई डेलावेयर सहरबाट सुरु गरिएको थियो।[4] जोए लेभिन, पहिले कम्पनीको खोज र अनुप्रयोग क्षेत्रको नेतृत्व गरेका जोए लेभिनले सन् २०१५ देखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्।[5] [6]
पूर्व नाम | एचएसएन निगम (सन् १९९६–१९९८) युएसए सञ्जाल निगम (सन् १९९८–२००२) युएसए इन्टरएक्टिभ (सन् २००२–२००३) इन्टरएक्टिभ कोर्प (सन् २००३–२००४) |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | US44891N1090 |
उद्योग | सञ्चार माध्यम |
पूर्ववर्तीहरू | सिल्भर किङ सञ्चार |
स्थापित | अगस्ट २४, १९९५ |
केन्द्रीय कार्यालय | आइएसी भवन, न्यु योर्क सहर, अमेरिका , अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति | ब्यारी डिलर (अध्यक्ष र वरिष्ठ अधिकृत) जोए लेभिन (कार्यकारी) |
उत्पादनहरू | अन्तरक्रियात्मब माध्यम आम माध्यम इन्टरनेट |
आम्दानी | $ ३.१४ अर्ब (सन् २०१६) |
परिचालन आय | $ ३.२६ करोड (सन् २०६) |
$४.१३ करोड (सन् २०१६) | |
कुल सम्पत्ति | US$४.६५ अर्ब (2016) |
कुल इक्विटी | $२.०१ अर्ब (सन् २०१६) |
कर्मचारी सङ्ख्या | ९,२६९[1] (2017) |
वेबसाइट | iac |
आइएसी सन् १९८६ मा स्थानीय टेलिभिजन स्टेसनहरू खरीद गर्दै होम सपिङ नेटवर्क (अनुवादित: गृह किनमेल सञ्जाल)को दर्शक सङ्ख्या बढाउने योजनाको एक अंशको रूपमा, सिल्भर किङ प्रसारण कम्पनीको रूपमा स्थापित भएको थियो।[7][8] सन् १९८८ सम्ममा, सिल्भर किङले ११ स्टेसनहरूलाई करिबकरिब २२ करोड अमेरिकी डलरमा खरिद गरेको थियो।[8] कम्पनीले पछि यसको नाम एचएनएस सञ्चार, निगम र त्यसपछि सिल्भर किङ सञ्चार निगममा परिवर्तन गरेको थियो।[7] सन् १९९२ मा, सिल्भर किङ एचएसएनका सेयरधनीहरूका माझ टुक्रिँदै एक सार्वजनिक कम्पनीको रूपमा गठन भएको थियो।[9] अगस्त १९९५ मा अमेरिकी व्यापारी ब्यारी डिलरले सिल्भर किङलाई खरिद गरेका थिए जसलाई कम्पनीको सबैभन्दा ठूलो सेयर रहेको लिबर्टी मिडिया निगमको समर्थन रहेको थियो।[10][11] फक्स प्रसारण कम्पनीको निर्माणको नेतृत्वमा रहेका डिलरले कथित एक नयाँ प्रसारण सञ्जालको आधारको रूपमा सिल्भर किङको स्टेसनको उपयोग गर्न आशा लिएका थिए। [11]
सन् १९९० को दशकमा कम्पनीले धेरै सम्पत्तिहरू अधिग्रहण गरेको थियो। डिसेम्बर १९९६, मा, सिल्भर किङले १.३ अर्ब अमेरिकी डलरको सेयरमा एचएसएनमा ८०% स्वामित्व प्राप्त गरेको थियो र यसको आफ्नो नाम एचएसएन, निगममा परिवर्तन गरेको थियो।[12][13][14] सोही समयमा, कम्पनीले सेभो पिक्चर्स, एक असफल चलचित्र स्टुडियोलाई २१ करोड अमेरिकी डलरमा अधिग्रहण गरेको थियो जसले अमेरिकी कम्पनी एसएफ प्रसारण मार्फत फक्समा आवद्ध ४ स्टेसनहरूको पूर्ण स्वामित्व कायम गरेको थियो।[15] एचएसएनले जुलाई १९९७ मा टिकटमास्टर समूहमा नियन्त्रक अंश खरीद गरेको थियो र बाँकी कम्पनीलाई जुन १९९८ मा प्राप्त गरेको थियो। फेब्रुअरी १९९८ मा, यसले युनिभर्सल स्टुडियोको टेलिभिजन सम्पत्ति (युएसए सञ्जाल, साइ-फाई च्यानल, र युनिभर्सल टेलिभिजनको घरेलु उत्पादन र वितरण उपकरण सहित) लाई ४.१ अर्बमा खरिद गरेको थियो।[16] कम्पनीको नाम यस बिन्दुमा आफ्नो नाम युएसए सञ्जाल निगममा परिवर्तन गरेको थियो।अधिग्रहण रणनीतिलाई जारी राख्दै, कम्पनीले मे १९९९ मा, १४ करोड ९० लाख अमेरिकी डलरमा होटेल आरक्ष सञ्जालको अधिग्रहण गरेको थियो।[17][18]
युएसए नेटवर्क्सले टिकटमास्टरको अनलाइन विभागलाई सेप्टेम्बर १९९८ मा सहर सहयोगी वेबसाइट सिटी सर्चको साथ गाभेको थियो[19][20] र यस लगत्तै नयाँ कम्पनी स्थापना गरिएको थियो जुन टिकटमास्टर अनलाइन - सिटी सर्चको रूपमा सार्वजनिक भएको थियो।[20] युएसए नेटवर्क्सले त्यसपछि सन् २००१ मा टिकटमास्टरको सम्पत्तिलाई टिकटमास्टर अनलाइन - सिटी सर्चलाई बिक्री गरेको थियो[21][22] र संयुक्त कम्पनीमा ६१% प्रतिशतको सेयर कायम गरेको थियो जुन हाल केवल टिकटमास्टरको रूपमा परिचित छ।[23][24] युएसए सञ्जालले सन् २००३ मा, सबै सेयरहरूको खरीद गर्दै टिकटमास्टरलाई पूर्ण स्वामित्वमा फिर्ता ल्याएको थियो।[25]
सन् २००० को दशकको सुरुमा, युएसए सञ्जालले आफ्नो परम्परागत टेलिभिजन प्रसारण र उत्पादन एकाइहरूलाई अलग गर्न सुरु गरेको थियो।[26] मे २००१ मा युनिभिजन सञ्चारले १३ स्थानीय स्टेसन सहित युएसए नेसञ्जालको विभाग, युएसए प्रसारणलाई अधिग्रहण गरेको थियो।[27] अर्को वर्ष, फ्रान्सेली कम्पनी भिभेन्दीले युएसए सञ्जाल र साइ-फाइ च्यानल[28] लगायतका युएसए सञ्जालका बाँकी प्रसारण मनोरञ्जन व्यवसायहरूलाई खरीद गरेको थियो।[29] खरिद पश्चात्, डिलरले नेतृत्वमा रहेको एक नयाँ कम्पनी भिभेन्दी विश्वव्यापी मनोरञ्जन (अनुवादित शीर्षक) को स्थापना गरिएको थियो।[30] लेनदेनको समयमा, युएसए सञ्जालले आफ्नो अनलाइन विभागको निर्माण गर्न जारी राखेको थियो।[31] जुलाई २००१ मा, कम्पनीले एक्सपिडियाको अधिग्रहणको साथ अनलाइन यात्रा व्यवसायमा प्रवेश गरेको थियो[32] जहाँ यसले यो भन्दा अगाडिको वर्षमा इन्टरभल अन्तर्राष्ट्रियको अधिग्रहण गरेको थियो।[33]
अनलाइन सम्पत्तिमा ध्यान केन्द्रित गरे पश्चात्, यसले मे २००२ मा, यसको नाम युएसए इन्टरएक्टिभ[34] ( युएसएआई) मा परिवर्तन गरेको थियो भने यसले जुन २००३ मा, नाम इन्टर एक्टिभ कोर्पमा[35] परिवर्तन गरेको थियो र अन्ततः जुलाई २००४ मा कम्पनीफे आफ्नो नाम आइएसी/इन्टर एक्टिभ कोर्पमा परिवर्तन गरेको थियो।[36]
अगस्त २००३ मा, आइएसीले अनलाइन विनिमय तुलना वेबसाइट प्राप्त लेन्डिङट्री प्राप्त गरेको थियो[37] र सेप्टेम्बरमा, कम्पनी छुट यात्रा वेबसाइट हटवायर डटकमको अधिग्रहण गरेको थियो।[38] अक्टोबरमा, आइएसीले फ्रान्सेली यात्रा वेबसाइट एनिवे डटकम त्रान्सात मार्फत ६ करोड २७ लाख अमेरिकी डलरमा खरिद गर्न सहमत भएको थियो।[39]
सन् २००४ र २००५ मा, आइएसीले अधिग्रहण मार्फत यसको वृद्धिलाई जारी राखेको थियो।[40] यसले सम्पत्ति थप गर्दै ट्रिपएडभाइजर, सर्भिसम्याजिक , र आस्क जिभ्स लगायतका सेवाहरूलाई प्राप्त गरेको थियो।[41] यसले यस अवधिमा गिफ्ट्स डटकमको पनि सुरुवात गरेको थियो। अगस्त २००५ मा, कम्पनीले आफ्नो यातायात सम्बन्धी वेबसाइटहरूसँग सहकार्य गर्दै नयाँ सार्वजनिक कम्पनी, एक्सपिडिया, निगमको रूपमा काम सञ्चालन गरेको थियो।[42] सन् २००६ मा, यसले सुबाई डटकमलाई खरिद गरेको थियो। जसलाई कम्पनीले पछि जेट र कनेक्टेड भेन्चर नामक कम्पनीलाई बिक्री गरेको थियो जसमा कलेनह्युमर र भिमिओ समावेश थिए।[43]
मे २००८ मा, आइएसी र आक्स डटकमले लेक्सिकोलाई प्राप्त गरेका थिए[44] जुन डिक्सनरी डटकम ,थेसौरुस डटकम, र रिफेरेन्स डटकमको मालिक हो।[45] अगस्त २००८ मा, आइएसीले यसको धेरै व्यवसायहरूलाई रद्द गर्दै ट्री डटकम (पूर्व लेन्डिङट्री), होम सपिङ नेटवर्क, टिकटमास्टर, र इन्टरभल अन्तर्राष्ट्रिय समावेश छन्। सन् २००९ मा, आइएसीले अर्वनस्पुन[46] र पिपुल मिडियालाई[47] खरिल गरेको थियो र निर्माता कम्पनी नोस्योनालको सुरुवात गरेको थियो।[48] पछि, यसले सन् २०१५ मा, अर्बनस्पुनलाई जोमाटोका लागि बिक्री गरेको थियो।[49]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.