From Wikipedia, the free encyclopedia
अमिलीका जस्ता मसिना पात हुने र गोलाकार फल फल्ने बोटविशेष वा त्यसमा फल्ने फललाई अमला भनिन्छ । अमलाका ससाना बुट्यानदेखि लिएर ठुलठुला रूख समेत हुन्छन् । त्रिफला नामक प्रसिद्ध आयुर्वेदिक ओखतीमा मिसाइने एउटा फल अमला हो । तर त्रिफलाको सम्मिश्रणको मात्राका सम्बन्धमा आयुर्वेदका ग्रन्थमा समान धारणा छैन ।
( भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ । यो एउटा पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् । आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् । यसको फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू सङ्कलन गर्ने गरिन्छ। लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरू सङ्कलन गर्ने गरिन्छ। करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरूबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरूमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरूमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ। तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ ।)
अमला | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Rosids |
गण: | Malpighiales |
कुल: | Phyllanthaceae |
वंश: | Phyllantheae |
उपवंश: | Flueggeinae |
वंश: | Phyllanthus |
प्रजाति: | P. emblica |
वैज्ञानिक नाम | |
Phyllanthus emblica L.[2] | |
पर्याय[3] | |
|
अमलाका मुख्यतः साना र ठुला गरी दुई जात हुन्छन् । सानो अमलालाई काठे–अमला पनि भनिन्छ । आयुर्वेदमा एक अर्को क्षुद्रधात्री नामक जङ्गली अमलाका बारेमा पनि उल्लेख भएको पाइन्छ । यसको स्पष्ट पहिचान हुन सकेको छैन । अन्य फरक किसिमका भुइँ–अमला र पानी–अमला नामका दुई वनस्पतिहरू पनि हुन्छन् ।
अमलामा तितो, गुलियो, टर्रो, अमिलो र पिरो रस हुन्छ ।
आयुर्वेदमा बताइएका गुण :
बैज्ञानिक नाम : Phyllanthus emblica Linn., Emblica officinalis Gaertn.
नेपाली नाम : अमला
संस्कृत नाम : अमृतफल, अमृतफला, अमृता, आमलकम्, आमलकी, जातीफल, जातीफला, तिष्यफल, तिष्यफला, धात्रिका, धात्रीफल, धात्रीफला, धात्रेयी, रस, रोचनी, वयस्था, वृत्तफला, वृष्या, शान्ता, शिवम्, शिवा, शीता, श्रीफल र श्रीफला ।
अङ्ग्रेजी नाम : Emblic myrobalan, Gooseberry.
वनस्पति परिवार : Euphorbiaceae
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.