अन्ना हजारे
From Wikipedia, the free encyclopedia
किसन बाबुराव हजारे (मराठी: अण्णा हजारे; उच्चारणⓘ, चर्चित नाम: अन्ना हजारे, उच्चारणⓘ; जन्म : १५ जुन १९३७) एक भारतीय समाजसेवी हुन् । सन् १९९२ मा भारत सरकारले उनलाई पद्मभूषणले सम्मानित गरेको थियो । सूचनाको अधिकारको लागि कार्य गर्ने मध्येमा उनी प्रमुख व्यक्ति हुन् । जन लोकपाल विधेयक पारित गराउनका लागि अन्नाले १६ अगस्त २०११ देखि आमरण अनशन आरम्भ गरेका थिए ।
अन्ना हजारे Anna Hazare | |
---|---|
अन्ना हजारे | |
जन्म | (1937-06-15) १५ जुन १९३७ (उमेर ८७) रालेगन सिद्धि, अहमदनगर, महाराष्ट्र |
राष्ट्रियता | भारतीय |
अन्य नाम | किसन बाबुराव हजारे |
चिनारीको कारण | भ्रष्टाचार विरोधी जन आन्दोलन |
धर्म | हिन्दू |
मातापिता | लक्ष्मीबाई हजारे बाबुराव हजारे |
पुरस्कार | पद्म श्री (१९९०) पद्म विभूषण (१९९२) |
वेबसाइट | www |
उनी भारत सरकारबाट सन् १९९२ मा उनले आफ्नो गाउँको विकासको लागि गरेको प्रयासको लागि नागरिकहरूले पाउने तेश्रो उच्च पुरस्कार पद्यम भुषणबाट सम्मानित समेत भएका थिए ।[1]
भारत सरकारलाई भ्रष्टाचार विरूद्ध कानुन लागु गर्नको लागि दबाब दिनको लागि उनले सन् २०११ अप्रिल ५ मा भोक हडताल शुरू गरेका थिए । फरेन पोलिसी पत्रिकाले सन् २०११ को उच्च १०० विश्व विचारक मध्ये एकको रूपमा उनको नाम राखेका थिए ।[2] साथै सन् २०११ मा नेशनल डेलि पत्रिकाले उनलाई मुम्बईको सबैभन्दा प्रभावशालि व्यक्तिको सूचिमा राखेको थियो ।[3]