सन् १९६४ मा स्थापना भएको सङ्कटग्रस्त प्रजातिहरूको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची, जैविक प्रजातिहरूको विश्वव्यापी संरक्षण स्थितिको विश्वको सबैभन्दा व्यापक सूची हो। यसले हजारौँ प्रजाति र उप-प्रजातिहरूको लोपोन्मुख मूल्याङ्कन गर्न मापदण्डको प्रयोग गर्दछ। यी मापदण्डहरू सबै प्रजाति र संसारका सबै क्षेत्रहरूसँग सान्दर्भिक छन्। यसको बलियो वैज्ञानिक आधारसँग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची जैविक विविधताको स्थितिका लागि सबै भन्दा अधिक प्राधिकृत सहयोगीको रूपमा मान्यता प्राप्त गरेको छ। क्षेत्रीय रातो सूचीको एक शृङ्खला देश या सङ्गठनले उत्पादन गर्दछ जसले एक राजनीतिक व्यवस्थापन एकाई भित्र प्रजातिहरूको लोप जोखिमको आकलन गर्दछ।

छरितो तथ्यहरू प्रधान कार्यालय, सेवा क्षेत्र ...
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको सङ्कटग्रस्त प्रजातिहरूको रातो सूची
Thumb
प्रधान कार्यालय संयुक्त अधिराज्य
सेवा क्षेत्र
विश्वव्यापी
आधिकारिक भाषा
अङ्ग्रेजी
मूल सङ्गठनहरू
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ
सम्बद्धतास्पिसिज सर्भाइभल कमिसन, बर्डलाइभ इन्टरनेसनल, संरक्षण अन्तर्राष्ट्रिय, नेचर सर्भ, बोटानिक गार्डेन्स कन्जरभेसन इन्टरनेसनल, रोयल बोटानिक गार्डेन्स, सिड्नी, टेक्सस ए एण्ड एम युनिभर्सिटी, रोमको स्यापिएन्जा विश्वविद्यालय, जुलोजिकल सोसाइटी अफ लन्डन , वाइल्ड स्क्रिन
वेबसाइटwww.iucnredlist.org
बन्द गर्नुहोस्

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीले हजारौँ लोपोन्मुख प्रजाति र उप-प्रतिहरूको मूल्याङ्कन गर्न सटीक मापदण्डमा तयार गर्दछ। यी मापदण्डहरू सबै प्रजाति र संसारका सबै क्षेत्रहरूसँग सान्दर्भिक छन्। यसको उदेश्य सार्वजनिक जनसमुदाय र नीति निर्माताहरूको संरक्षणको मुद्दा तीब्रताका साथ व्यक्त गर्नुका साथ साथै अन्तर्राष्ट्रिय समुदायलाई प्रजातिहरूको लोप हुनबाट बचाउनु पनि हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (१९९६) का अनुसार, रातो सूचीको औपचारिक लक्ष्य निम्नलिखित छन्, (१) प्रजाति र उप-प्रजातिहरूको वैश्विक स्तरमा स्थितिको वैज्ञानिक आधारभूत जानकारी प्रदान गर्नु, (२) सङ्कटग्रस्त विविधताको परिमाण र महत्त्वमा ध्यान आकर्षित गर्न, (३) राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति र निर्णय बनाउने प्रभाव पार्न र (४) जैविक विविधता संरक्षणको लागि कार्वाहीको मार्गदर्शनको लागि जानकारी प्रदान गर्नु हो।[1]

इतिहास

Thumb
विभिन्न समूहहरूमा प्रजातिहरूको प्रतिशत   चिन्ताजनक प्रजाति,   लोपोन्मुख, वा    २००७ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा सूचीत असुरक्षित प्रजाति

१९६४ असुरक्षित वनस्पतिको रातो सूची

सन् १९६४ को अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची पुरानो पूर्व-मापदण्ड रातो सूची मूल्याङ्कन प्रणालीको प्रयोग गरेको थियो।

श्रेणीहरू

छरितो तथ्यहरू संरक्षण स्थिति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीका श्रेणी, लोप भएका ...
संरक्षण स्थिति
Thumb
लोप भएका
  • लोप
  • वनबाट लोप
  • (सूची)
  • (सूची)
असुरक्षित
  • (सूची)
  • (सूची)
  • (सूची)
कम जोखिम
  • सङ्कटासन्न
  • संरक्षण माथि निर्भर
  • कम चासो
  • (सूची)
  • (सूची)

अन्य श्रैणीहरू
  • तथ्याङ्कको कमी
  • निर्धारण नगरिएका
  • (सूची)

सम्बन्धित शीर्षकहरू

Thumb
Thumb
बन्द गर्नुहोस्

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीद्वारा प्रजातिहरूलाई नौ समूहहरूमा वर्गीकृत गरिन्छ[2] जुन वर्गीकरण विभिन्न मापदण्डहरू जस्तै गिरावटको दर, जनसङ्ख्याको आकार, भौगोलिक वितरणको क्षेत्र, र जनसङ्ख्या र वितरण खण्डको डिग्रीद्वारा निर्दिष्ट छ।

  • लोप – हराएका र कहिल्यै देखा नपर्ने प्रजातिहरू।
  • वनबाट लोप भएका – केवल कैदमा बाँच्न सक्ने, मूल वासस्थानबाट बाहिर, पूर्ण सर्वेक्षण पछि अनुमानित।
  • गम्भीर रूपमा लोपप्राय – एक विशेष र अत्यन्तै लोपप्राय अवस्थामा
  • लोपोन्मुख – वनमा लोपको उच्च जोखिममा
  • असुरक्षित – ५ रातो सूचीको मापदण्ड मध्ये एक भेटिएमा र अप्राकृतिक (मानव-कारण) लोपको उच्च जोखिममा।
  • सङ्कटासन्न – निकट भविष्यमा लोपको उच्च जोखिममा।
  • कम चासोका – नजिकको भविष्यमा लोप नहुने।
  • तथ्याङ्कको कमी
  • निर्धारण नगरिएका

(अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको सूचीमा), "असुरक्षित"

संस्करण

Thumb
प्रजातिको सङ्ख्या, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची

हालसम्म सन् १९९१ देखि विभिन्न संस्करणहरू सार्वजनिक भएका छन्, जसमा निम्नलिखित पर्दछन्[3][4]

  • १.०औँ संस्करण (१९९१)
  • २.०औँ संस्करण (१९९२)
  • २.१औँ संस्करण (१९९३)
  • २.२औँ संस्करण (१९९४)
  • २.३औँ संस्करण (१९९४)
  • ३.०औँ संस्करण (१९९९)
  • ३.१औँ संस्करण (२००१)
  • ४औँ संस्करण (२०१५)

वनस्पतिको लागि, सन् १९९७ को सूची सबैभन्दा महत्त्वपूर्ण स्रोत हो[5]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.