Remove ads
नेपाली अभियानकर्मी From Wikipedia, the free encyclopedia
अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्।[१] उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन्। खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ। यिनले २०१० सिएनएन हिरो को उपाधि पनि पाएकी छिन्।[२]
अनुराधा कोइराला | |
---|---|
१ औं प्रदेश प्रमुख (बागमती प्रदेश) | |
कार्यकाल २०७४ माघ ३ – २०७६ कार्तिक १७ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | डोरमणि पौडेल |
पूर्वाधिकारी | स्थापित |
उतराधिकारी | विष्णुप्रसाद प्रसाई |
व्यक्तिगत विवरण | |
जन्म | सन् १९४९ अप्रिल १४ रुम्जाटार, ओखलढुङ्गा, नेपाल |
नागरिकता | नेपाली |
जीवन साथी | दिनेशप्रसाद कोइराला |
सन्तान(हरू) | मनीष कोइराला |
अभिभावक | कोलोनेल प्रताप सिंह गुरुङ र लक्ष्मी गुरुङ |
पेशा | समाजसेवी |
अनुराधाको जन्म १४ अप्रिल १९४९[३] मा ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गुरुङ परिवारमा भएको हो। उनका बाबु कर्णेल प्रताप शिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुन् ।[४]
१० कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेकी उनले भारतकै कोलकाताबाट बीए पास गरेकी छिन्। चार जना दाजुभाइ र दुई दिदी बहिनीमध्येकी उनी काँइली हुन्। १९ वर्षे किशोर उमेरमा काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी अनुराधाका एक मात्र छोरा मनीष कोइराला पनि 'प्रयास नेपाल' नामको गैरसरकारी संस्था चलाउँदै आएका छन्।[५]
कोइरालाले क्यालिफोर्नियाको लसएन्जलसमा सिएनएन हिरो उपाधी जितेकी छिन् । उनलाई डेमी मुर र एस्टन कचरले मञ्चमा संयुक्तरूपमा चिनाएका थिए।[६]
कोइरालाई माइती नेपालको आफ्नो कार्यक्रम जारी राख्न अमेरिकी डलर १००,००० को साथमा अमेरिकी डलर २५,०० कदर स्वरुप सिएनएन द्वारा प्रदान गरियो।[६][७]
उनले २०१४ मा मदर टेरेसा सम्मान जितिन् ।[८][९]उनले पदमा श्री जस्तो उपाधि पनि पाएकी छिन् । [१०]
मिति २०७४ माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरेको थियो ।[११] २०७६ कात्तिक ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनुराधा लगायत लगायत सातवटै प्रदेशका प्रदेश प्रमुखलाई मुक्त गरिन् ।[१२]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.