अजमेर शरिफ दरगाह
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
अजमेर शरिफ दरगाह, अजमेर दरगाह, अजमेर शरिफ, ख्वाजा गरिब नवाज दरगाह वा दरगाह शरिफ[1] भारतको राजस्थानको अजमेरमा अवस्थित आदरणीय सुफी सन्त मोइनुद्दीन चिश्तीको सुफी समाधि (दरगाह) हो। गरिब नवाज उनलाई जनताले दिएको उपाधि हो।[2]
अजमेर शरिफ दरगाह | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | अजमेर |
निर्देशाङ्क | २६°२७′२२″N ७४°३७′४१″E |
सम्बन्धन | सुन्नी इस्लाम |
जिल्ला | अजमेर जिल्ला |
प्रदेश | राजस्थान |
देश | भारत |
सांस्कृतिक वा संगठनात्मक स्थिति | चिहान |
स्वामित्व | राजस्थान सरकार |
वेबसाइट | www |
वास्तुकला विवरण | |
वास्तुकला | सुन्नी-अल-जमात |
वास्तुकला प्रकार | मस्जिद, सुफी चिहान |
वास्तुकला शैली | आधुनिक |
स्थापित मिति | सन् १२३६ |
निर्माण सम्पन्न | सन् १२३६ |
विशेष विवरण | |
मोहराको दिशा | पश्चिम |
डोम(हरू) | १ |
धरहरा(हरू) | १ |
अजमेर शरिफ दरगाह मुख्य केन्द्रीय अजमेर रेलवे स्टेशनबाट २ किलोमिटर (१.२ माइल) टाढा र केन्द्रीय जेलबाट ५०० मिटर टाढा र तारागढ पहाडको फेदमा अवस्थित छ।
मोइनुद्दीन चिश्ती १३औँ शताब्दीका सुफी सन्त र दार्शनिक थिए। सन्जर (आधुनिक समयमा इरानको भाग) वा सिजिस्तानमा जन्मेका उनी सुल्तान इल्तुतमिश (मृत्यु सन् १२३६) को शासनकालमा दिल्ली आइपुगेका थिए। मोइनुद्दिन केही समयपछि दिल्लीबाट अजमेर गए, जहाँ उनी प्रसिद्ध सुन्नी हनबली विद्वान र रहस्यवादी अब्दल्लाह अन्सारी (मृत्यु सन् १०८८) को लेखनबाट अत्यधिक प्रभावित भएका थिए। अन्सारीको प्रारम्भिक इस्लामिक सन्तहरूको जीवनमा प्रख्यात काम, तबकात अल-सुफियाले मोइनुद्दीनको विश्वदृष्टिकोणलाई आकार दिन भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ। अजमेरमा मोइनुइद्दीनले त्यस समयमा एक चमत्कारी र दयालु आध्यात्मिक प्रचारक र शिक्षकको रूपमा प्रतिष्ठा प्राप्त गरेका थिए।
उनको चमत्कारी कामहरूको आधारमा हिन्दी र उर्दु चलचित्रहरू बनेका छन् र उनको जीवनलाई बखान गर्ने गीतहरू लेखिएका र गाइएका छन्। भारतीय उपमहाद्वीपमा जहाँ जहाँ कव्वालीहरू आयोजित हुन्छन्, ती कव्वालीहरूले तिनीहरूको बारेमा "मनकबत" (कव्वालीको प्रशंसा गर्ने गीत वा पद) गाउने सामान्य परम्परा रहेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.