अगस्ति तारा
From Wikipedia, the free encyclopedia
अगस्ति वा कनोपस कराइना तारामण्डलको सबैभन्दा चम्किलो तारा हो र अन्य पृथ्वीबाट देखिने ताराहरु भन्दा अर्को सबभन्दा चम्किलो तारा हो। यो F श्रेणीको तारा हो र यसको रंग सेतो वा पहेंलो-सेतो छ। यसको पृथ्वीबाट प्रतीत हुने चम्किलोपन (वा "सापेक्ष कान्तिमान") -०.७२ म्याग्निट्यूड छ जबकि यसको भित्री चम्किलोपन (वा "निरपेक्ष कान्तिमान") -५.५३ नापिन्छ। यो पृथ्वीबाट लगभग ३१० प्रकाश-वर्षको दूरीमा छ।