रेसम मार्ग
From Wikipedia, the free encyclopedia
रेशम मार्ग रेशम मार्ग (अङ्ग्रेजीमा Silk Route) प्राचीन तथा मध्ययुगीन समयको व्यापारिक मार्गहरूको सञ्जाल हो। यो मार्गको विस्तार पूर्वी एसिया देखि मध्य एसिया हुँदै भू-मध्य सागर सम्म फैलिएको थियो। यसको प्रयोग गरी पूर्वीय देशहरू खासगरी चीनले पश्चिमी देशहरू सँग ब्यापार गर्ने गर्दथे। मध्य एसिया खासगरी चीनमा उत्पादित रेशम तथा रेशमी कपडाको व्यापारिक ओसार पसार गरिने भएकोले यो मार्गको नाम रेशम मार्ग रहन गएको हो। यद्यपि यो मार्गमा रेशमका अतिरिक्त सुती कपडा तथा अन्य वस्तुहरूको पनि व्यापार हुने गरेको थियो। रेशम मार्ग व्यापारिक प्रयोजनका अतिरिक्त तीर्थयात्री, घुमन्तेहरू तथा विद्वानहरूको यात्रा गर्ने विशेष मार्ग पनि थियो। रेशम मार्ग हुँदै विभिन्न ठाँउहरूबाट व्यापारीहरू तथा अन्य मानिसहरू यात्रा गर्ने भएको हुँदा चीनमा विभिन्न प्रकारका विचारहरू आउने र चीनको विचार अन्य ठाँउमा प्रसारित हुने अवसर यो मार्गले दिएको थियो। रेशम मार्गले चीनलाई एउटा ठूलो आर्थिक आम्दानी भएको थियो। यो मार्गबाट चीनियाँहरूले रेशम, माटोका सामानहरू, चामल र मसलाहरूको व्यापार मध्यपूर्व तथा यूरोप सम्म गर्ने गर्थे। रेशम मार्ग चीन, इजिप्ट, मेसोपोटामिया, पर्सिया, भारत र रोमको प्राचीन संस्कृतिको विकासको एउटा ठूलो आधार थियो। यो मार्गले आधुनिक विचारहरूको सञ्चार गर्न ठूलो योगदान दिएको छ।