चीनको इतिहास
From Wikipedia, the free encyclopedia
ऐतिहासिक अभिलेखहरू अनुसार चीनको इतिहास करिब ५,००० वर्ष पुरानो छ । इ.पू. १६ औँ सताब्दीमा उत्खनन गरिएका अभिलेखहरूले यो ऐतिहासीक वास्तविकतालाई पुष्टि गर्ने गर्दछन् । चीन संसारको सबैभन्दा पुरानो सभ्यता मध्येको एक हो । शाङ वंशको समयमा कछुवाको हड्डीमा लेखिएका चीनीया लेखहरूको अध्ययन गर्दा तिनीहरू इ.पू. १,५०० तीरको भएको पत्ता लागेको छ । चीनीया सभ्यता ह्वाङ हो (पहेलो नदी) नदीको उपत्यकामा अवस्थित कुनै नगर राज्यबाट सुरू भएको मानिन्छ । इ.पू. २२१मा चीन एक ठूलो साम्राज्यको रूपमा उदय भएको भन्ने मान्यता धेरैले राख्दछन् । चीनीया सम्राटहरूले बलियो सार्वजनिक प्रशासन विकाश गरेका कारणले चीनीया साम्राज्यले पूर्वी एसियाको ठूलो भाग आफ्नो नियन्त्रणमा राख्न सफल भयो ।
चीन बंश (秦) का शासकहरूले चीनलाई एकै राज्यको रूपमा विकशित गर्ने जगहरू बसाले । इ.पू. ३००मा एकै प्रकारको लेखन प्रणाली लागू गराउनु तथा इ.पू. २००मा कन्फ्युसियाली दर्शन (धर्म) लाई राष्ट्रिय आदर्शको रूपमा स्थापित गरे । चीन इतिहासको समय चक्र सँगै एकीकृत तथा विभाजित हुनुका साथै समय समयमा बिदेशीहरूबाट पनि शासित हुन पुग्यो । ती मध्ये धेरैजसो चीनीया जनसङ्ख्यामा विलिन भए ।