२०२०-२०२१ भारतीय किसान आन्दोलन
From Wikipedia, the free encyclopedia
सन् २०२०–२०२१ को भारतीय किसान आन्दोलन सेप्टेम्बर २०२० मा भारतको संसदले पारित गरेको तीन कृषि कानुनको विरुद्ध अहिलेसम्म निरन्तर चलिरहेको आन्दोलन हो। २१ मार्च २०२१ सम्म, हरियाणा प्रहरीका अनुसार, सिन्घु र टिक्री स्थित दिल्ली सिमामा करीव ४०,००० प्रतिवद्ध प्रदर्शनकारीहरूले प्रदशन गरेका थिए। [8]
भारतीय किसान आन्दोलन २०२०-२०२१ | |||
---|---|---|---|
मिति | २०२० अगस्त ९[1] – २०२१ डिसेम्बर ११ [2][3] (१ वर्ष ४ महिना २ दिन) | ||
स्थान | भारत (किसानको समर्थनमा अमेरिका, बेलायत, क्यानाडा र न्युजील्याण्ड लगायत केही देशमा पनि प्रदर्शन) | ||
कारण | भारतीय संसद द्वारा तीन कृषि कानून पारित | ||
लक्ष्य |
| ||
विधि | घेराउ, धर्ना, रास्ता रोको (चक्काजाम), प्रदर्शन, आत्महत्या, counter legislation | ||
Status | तीन कृषि कानुन फिर्ता न्युनतम समर्थन मूल्यको लागि कमिटि गठन गरिने[4] | ||
नागरिक द्वन्द्वका पक्षहरू | |||
| |||
Lead figures | |||
| |||
सङ्ख्या | |||
हाताहात र नोक्सानी | |||
|
किसान सङ्घ र तिनका प्रतिनिधिहरूले कानुन खारेज गर्न माग गरेका छन् र सम्झौता स्वीकार नगर्ने बताएका छन्।[21] [22] [23] [24] किसान नेताहरूले कृषि कानूनको कार्यान्वयन सम्बन्धी भारतको सर्वोच्च अदालतको रोक आदेशको स्वागत गरेका थिए भने सर्वोच्च अदालतले नियुक्त गरेको समितिलाई अस्वीकार गरेका थिए।[25]
२०२१ नोभेम्बर १९ मा, केन्द्रीय सरकारले ती कानून फिर्ता गर्ने निर्णय गर्यो, [26] र नोबेम्बर २९ मा संसदका दुवै सदनले कृषि सम्बन्धी कानून फिर्ता गर्ने बिधेयक पारित गर्यो ।[27] कृषि कानुन फिर्ता भएको घोषणा पछी, किसान संघले न्युनतम समर्थन मूल्य सुनिश्चित गर्नुपर्ने मागलाई निरन्तरता दिए। [28]