साओमी
From Wikipedia, the free encyclopedia
साओमी निगम[2], (चिनियाँ: 小米) एक चिनियाँ निर्माणकर्ता र उपभोक्ता इलेक्ट्रोनिक्स र सम्बन्धित सफ्टवेयर, घरेलु उपकरण र घरेलू हार्डवेयरको निर्माता कम्पनी हो। सामसङ पछि, यो विश्वको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता हो, जसमध्ये अधिकांश मियुआई युजर इन्टरफेसमा चल्छ, जुन एन्ड्रोइड सञ्चालन प्रणालीमा आधारित छ।[3] कम्पनी ३३८औँ स्थानमा छ र फर्च्युन ५०० मा सबैभन्दा नयाँ कम्पनी हो।[4][5]
व्यापार नाम | साओमी |
---|---|
मौलिक नाम | 小米集团 |
रोमन लिपिमा नाम | Xiǎomǐ |
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | KYG9830T1067 |
उद्योग |
|
स्थापित | ६ अप्रिल २०१०; १४ वर्ष पहिले (२०१०-०४-06) |
केन्द्रीय कार्यालय | हैदियान जिल्ला, बेइजिङ, चीन |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
ब्रान्डहरू |
|
आम्दानी | ¥२८०.०४ अर्ब युएस$४०.७ अर्ब (सन् २०२२)[1] |
परिचालन आय | ¥२.८१ अर्ब युएस$०.४०८ अर्ब (सन् २०२२)[1] |
¥२.५ अर्ब युएस$०.२६ अर्ब (सन् २०२२)[1] | |
कुल सम्पत्ति | ¥२७३.५१ अर्ब युएस$३९.७२ अर्ब (सन् २०२२)[1] |
कुल इक्विटी | ¥१४३.९२ अर्ब युएस$२०.९ अर्ब (सन् २०२२)[1] |
कर्मचारी सङ्ख्या | ३२,५४३ (३१ डिसेम्बर २०२२)[1] |
सहायक कम्पनीहरू |
|
वेबसाइट | www |
साओमी | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
चिनियाँ चरित्रहरूमा "साओमी" | |||||||||
चिनियाँ | 小米 | ||||||||
अनुवादित अर्थ | कोदो | ||||||||
|
साओमीको स्थापना सन् २०१० मा बेइजिङमा अर्बपति लेइ जुनले ४० वर्षको उमेरमा गरेका थिए। लेइले किङसफ्ट र जोयो डटकम स्थापना गरेका थिए, जसलाई उनले सन् २००४ मा अमेजनलाई ७ करोड ५० लाख डलरमा बेचेका थिए। अगस्ट २०११ मा, साओमीले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको थियो र सन् २०१४ सम्ममा, यसले चीनमा बिक्री हुने स्मार्टफोनहरूको सबैभन्दा ठूलो बजार अंश ओगटेको थियो। सुरुमा कम्पनीले आफ्ना उत्पादनहरू मात्र अनलाइन बेचेको थियो। सन् २०१५ सम्ममा, यसले उपभोक्ता इलेक्ट्रोनिक्सको एक विस्तृत शृङ्खला विकास गरिरहेको थियो।[6] सन् २०२० मा, कम्पनीले १४.६३ करोड स्मार्टफोन बेचेको थियो र यसको मियुआई मोबाइल प्रयोगकर्ता इन्टरफेसमा ५० करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू छन्।[7] काउन्टरपोइन्टका अनुसार सन् २०२३ सम्ममा साओमी विश्वव्यापी स्मार्टफोनको तेस्रो सबैभन्दा ठूलो बिक्रेता हो, जसको बजार अंश लगभग १२% रहेको छ।[8] यसको उपस्थितिले गर्दा केही मानिसहरूले साओमीलाई "चीनको एप्पल" भनेर सम्बोधन गरेका छन्।[9]