मृगौला
From Wikipedia, the free encyclopedia
मृगौला मानव शरीरको एक अभिन्न अङ्ग हो। यो अङ्ग सिमीको आकारको हुने गर्दछ। यो मेरुदण्डको दुवैपट्टि हुन्छ।यो करिब करिब ४-५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो हुन्छ। प्रत्येक मृगौलामा लाखौँ साना साना छान्ने जालीहरू हुन्छन् जसलाई नेफ्रोन्स भनिन्छ। यो अङ्गले रगत छान्ने,शरिरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने,सहि मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरिरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ।जब मिर्गौलाले यस फिल्टरिंग क्षमता गुमाउँछ, तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा सङ्कलन हने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र किडनी विफलता (अन्त चरणको किडनी रोग) को परिणाम दिन सक्छ। जब मृगौलाले सामान्य रूपमा काम गर्ने क्षमता ९०%ले गुमाउँछ,तब बिरामी मृगौला रोगको अन्तिम चरणमा पुग्छ। रगत मृगौलासम्म नपुग्दा मृगौलाको केहि भाग अथवा सिंगै मृगौलाले काम गर्न छोड्छ जसलाई किड्नी फेलर अथवा अन्तिम चरणको मृगौला रोग भन्ने गरिन्छ। मृगौलाको रोग सम्बन्धि गरिने अध्धयनलाई [[नेफ्रोलोजि]] भनिन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मृगौला | |
---|---|
विबरण | |
धमनी | रिनल धमनी |
शिरा | रिनल शिरा |
स्नायु | रिनल प्लेक्जस |
पहिचान | |
ल्याटिन | ren |
चिकित्सा विषय शीर्षकहरू | D007668 |
TA | A08.1.01.001 |
एनाटोमीको आधारभूत मोडेल | 7203 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
मृगौला फेल हुने थुप्रै कारणहरू हुन्छन् जस्तैः
- डाइबिटिज
- आनुवंशिक
- धेरै मात्रामा कडा औषधिहरू सेवन गरेमा
- नेफ्रोटिक सिन्ड्रोम आदि
कतिपय बेलामा अचानक पनि मृगौलाले काम गर्न छोड्न सक्छ जस्लाइ एक्युट रेनल फेलर अथवा एक्युट किड्नी इन्जरि भनिन्छ।यसरि अचानक मृगौलाले काम नगर्दा जिवनभर नै काम नर्गने हुदैन।यो स्थायी हुदैन।उपचार गरी फेरि मृगौलाई स्वस्थ बनाउन सकिन्छ।यस्तो इक्युट रेनल फेलरको पनि थुप्रै कारणहरू छन् जस्तैः
- हृदयघात
- लागूपदार्थको प्रयोग
- मूत्रमार्गको समस्या
- मिर्गौलामा पर्याप्त रगत नबग्दा आदि।
यदि मिर्गौला असफल भयो भने एक वा निम्न लक्षणहरू देखा पर्ने गर्छन् जस्तैः
- चिलाउनु
- मांसपेशी ऐंठन
- मतली र बान्ता
- भोक नलाग्नु
- खुट्टा र गोलीगाँठो सुनिनु
- पर्याप्त पिशाब नहुनु
- सास फेर्न समस्या हुनु
- निद्रामा समस्या देखा पर्नु आदि।
यदि मिर्गौलाले अचानक काम गर्न छाडेमा (तीव्र किडनी असफलता),देखा पर्ने लक्षणहरूः
- पेट दुख्नु
- ढाड दुख्नु
- पखाला
- ज्वरो
- नाकबाट रगत बग्नु
- बान्ता आउनु आदि।
माथिका एक वा बढी लक्षणहरू देखा परेमा किडनी समस्याको सङ्केत हुन सक्छ। यी कुनै पनि लक्षण देखा परेमा,तुरुन्तै डाक्टरलाई सम्पर्क गर्न जरुरि छ।
तर अन्त चरण रेनल रोग (मृगौला फेल) पुरानो मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज)को अन्तिन चरण हो र यो जेन्दगीभर निको हेदैन।यस्तो समयमा बिरामीसंग केबल दुईवटा मात्रै बिकल्प हुन्छ।
- डायलासिस
- मृगौला प्रत्यारोपण