मिला कुनिस
अमेरिकी चलचित्र अभिनेत्री / From Wikipedia, the free encyclopedia
मिला कुनिस (/ˈmiːlə ˈkuːnɪs/; अङ्ग्रेजी: Milena Markovna "Mila" Kunis; युक्रेनी: Мілена Марківна Куніс; रूसी: Милена Марковна Кунис; जन्म अगस्ट १४, १९८३)[1] एक अमेरिकी अभिनेत्री हुन्। सन् १९९१ मा सात वर्षको उमेरमा परिवारसित उनी सोभियत सङ्घबाट लस एन्जलस गइन्। विद्यालय छुट्टी भएपछि हुने अभिनय कक्षाहरूमा भर्ना भइन् र उनलाई छिट्टै केही एजेन्टहरूद्वारा अभिनय गर्नको लागि बोलाइयो। विभिन्न टेलिचलचित्र र विज्ञापनहरूमा उनले भूमिका पाएकी थिइन् र १५ वर्ष नपुग्दै 'द्याट सेभेन्टिज सो' मा अभिनय गरेर उनले चर्चा बटुल्न सफल भएकी थिइन्। सन् १९९९ सेप्टेम्बरमा उनले 'फ्यामिली गाय' (एउटा एनिमेटेड टेलिभिजन चलचित्रमा) 'मेग ग्रिफिन' को रूपमा स्वर भूमिका निभाइन्।
मिला कुनिस | |
---|---|
जन्म | मिलेना मार्कोभ्ना कुनिस (1983-08-14) अगस्ट १४, १९८३ (उमेर ४०) चेर्निवत्सी, युक्रेनी एसएसआर, सोभियत सङ्घ (वर्तमान चेर्निवत्सी, युक्रेन) |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् १९९४-वर्तमान |
जीवनसाथी | एस्टन कुचर ( वि २०१५) |
समकक्षी | मकाउले कुल्किन (२००२-१०) |
सन्तान | २ |
सन् २००८ मा उनको ठूलो पर्दाको चलचित्र 'फरगेटिङ सारा मारसल'मा 'रेचल जेनसन'को भूमिका रह्यो जस पश्चात् उनले थुप्रै अन्य भूमिकाहरू निभाइन्। अन्य चलचित्रहरूमा 'म्याक्स प्यान'मा 'मोना स्याक्स', 'बुक्स अफ एली'मा 'सोलेरा', 'फ्रेन्डस विथ बेनिफिट्स'मा 'जेमी', 'टेड'मा 'लोरि' र 'ओज, द ग्रेट एन्ड पओरफुलमा'मा 'विइकेड विच अफ वेस्ट (थियोडोरा)' को रूपमा उनको भूमिका रह्यो।
'ब्लायक स्वान'मा 'लिल्ली'को भूमिकामा उनले विश्वभरिका चलचित्र पारखी, दर्शकबाट प्रशंसा बटुलिन् जसमा ६७औँ भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा 'सर्वश्रेष्ठ नवनायिका पुरस्कार' जित्न सफल भइन्। यस्तै 'सर्वश्रेष्ठ सहायक अभिनेत्री'को गोल्डेन ग्लोब पुरस्कार र 'महिला अभिनेत्रीद्वारा उत्कृष्ट प्रदर्शन' को स्क्रिन एक्ट्रेस गिल्ड पुरस्कारको मनोनयनमा परेकी थिइन्।