ब्रिटिस पुस्तकालय
From Wikipedia, the free encyclopedia
ब्रिटिस लाइब्रेरी (BL) बेलायतको राष्ट्रिय पुस्तकालय हो। [3] यो पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो । यहाँ विभिन्न देशबाट १७-२० करोड भन्दा अधिक सामग्रीहरू भएको अनुमान रहेकोछ ।[4][5][6][7] कानुनी संचय पुस्तकालयको रूपमा , ब्रिटिस लाइब्रेरी मा संयुक्त अधिराज्य र आयरल्यान्ड मा प्रकाशित हुने सबै पुस्तकको प्रति यहाँ रहेको छ ।
छरितो तथ्यहरू देश, प्रकार ...
देश | संयुक्त अधिराज्य |
---|---|
प्रकार | राष्ट्रिय पुस्तकालय |
स्थापना | १ जुलाई १९७३ (५० वर्ष पहिले) (१ जुलाई १९७३) |
स्थान | युस्टन रोड, लन्डन, इङ्ल्यान्ड |
निर्देशाङ्कहरू | ५१°३१′४६″उ॰ ०°०७′३७″प॰ |
शाखाहरू | १ (बोस्टन स्पा, वेस्ट योर्कसायर) |
सङ्ग्रह | |
चीजबीज सङ्कलित | पुस्तक, सोधपत्र, समाचारपत्र, पत्रिका, ध्वनि रेकर्डिङ, एकस्व, डेटाबेस, मानचित्र, हुलाक-टिकट, छापचित्र, अवलेखन, पाण्डुलिपि |
आकार | १४,०००,००० पुस्तक[1] |
Legal deposit | छ, १९११ मा संसदको अधिनियमद्वारा |
पहुँच र प्रयोग | |
पहुँच आवश्यकता | जो सुकै सङ्ग्रह गर्नेलाई |
अन्य जानकारी | |
बजेट | £१ अरब ४२ करोड[2] |
निर्देशक | Roly Keating |
वेबसाइट | http://www.bl.uk/ |
नक्सा | |
बन्द गर्नुहोस्
सन् १९७३ सम्म , यो पुस्तकालय ब्रिटिस सङ्ग्रहालयको अङ्ग थियो। ब्रिटिस पुस्तकालय ऐन १९७२ ले यस पुस्तकालय विभागलाई सङ्ग्रहालयबाट अलग गर्यो। सन् १९९७ सम्म उही पठन कक्ष र भवनमा हालिएको छुट्टै ब्रिटिश पुस्तकालय जारी रह्यो।