फैसलाबाद
From Wikipedia, the free encyclopedia
फैसलाबाद (उर्दु: فیصل آباد (लयलपुर-सन् १९७९ भन्दा पहिला) पाकिस्तानको तेस्रो सबैभन्दा बढी जनघनत्व भएको र पञ्जाब प्रान्तको पूर्वी क्षेत्रमा पर्ने लाहोरपछि पञ्जाबको दोस्रो ठूलो सहर हो। ऐतिहासिक रूपमा ब्रिटिस भारत भित्रको पहिलो योजनाबद्ध सहरहरूमध्येको एक यो सहर धेरै पहिलमदेखि महानगरको रूपमा विकसित भयो। फैसलाबाद जिल्लाको क्षेत्रफल ५,८५६ वर्ग किलोमिटर रहेको छ भने फैसलाबाद सरकार प्राधिकरणले नियन्त्रण गरेको क्षेत्र १,२८० वर्ग किलोमिटर मात्र रहेको छ।[2] यहाँ उपलब्ध हवाईयात्रा, सडकको सहुलियत र रेलहरूका कारणले फैसलाबाद पाकिस्तानकै सबैभन्दा ठूलो औधोगिक क्षेत्रको रूपमा रहेको छ। फैसलाबादलाई पाकिस्तानको म्यानचेस्टरको उपमा दिने गरिन्छ।[3][4] पाकिस्तानको कुल आयको २०% फैसालाबादले ओगटेको छ।
फैसलाबाद
فیصل آباد लयलपुर | |
---|---|
उपनाम: पाकिस्तानको म्यानचेस्टर | |
निर्देशाङ्क: ३१°२५′०″उ॰ ७३°५′२८″पू॰ | |
देश | पाकिस्तान |
क्षेत्र | पञ्जाब |
जिल्ला | फैसलाबाद |
Settled | १८९२ |
संस्थापक | सर जेम्स ब्रोडउड |
सरकार | |
• फैसलाबादका मेयर | राजक मलिक |
• उप-मेयर | ३ क्षेत्रका मेयर |
क्षेत्रफल | |
• नगरपालिका | १३०० किमी२ (४९० वर्ग माइल) |
• जमीन | ८४० किमी२ (३२५ वर्ग माइल) |
• पानी | ४३० किमी२ (१६५ वर्ग माइल) ३३% |
• महानगर | ५८६० किमी२ (२,२६१ वर्ग माइल) |
उन्नतांश | १८४ मिटर (६०५ फिट) |
जनसङ्ख्या (२०१७) | |
• नगरपालिका | ३,२०३,८४६ |
• क्रम | पाकिस्तानमा तेस्रो |
• घनत्व | २५००/किमी२ (६५००/वर्ग माइल) |
• मुलवासी नाम | फैसलाबादी |
[1] | |
समय क्षेत्र | युटिसी+०५:०० (पाकिस्तानी समय) |
जिप कोड | 38xxx |
क्षेत्रीय सङ्केत | ०४१ |
पहिलाको नाम | लयलपुर |
आधिकारिक भाषा | उर्दु |
क्षेत्रीय भाषा | पञ्जाबी |
भाषा (१९८१) | ९८.२% पञ्जाबी १.८% अन्य |
वेबसाइट | फैसलाबाद.गव.पीके |
फैसलाबादको छेउछाउमा रहेका भागहरूलाई चेनाब नदीले सिँचाइ प्रदान गर्छ र त्यसबाट गहुँ, मकै, उखु र अन्य फलफूलहरूको उत्पादन हुने गरेको छ। यो सहर पाकिस्तानको औधोगिक सहर हुनुको साथसाथै यहाँ रेलमार्ग, भवनहरूको निर्माण, मिललगायतका सुविधाहरू सहज भएको हुँदा यस क्षेत्रबाट चिनी, तेल तथा अन्य खाद्यान्न सामग्रीहरूको निर्यात हुन्छ।[5]