फिलिप किन्ड्रेड डिक
From Wikipedia, the free encyclopedia
फिलिप किन्ड्रेड डिक (१६ डिसेम्बर १९२८ – २ मार्च १९८२) एक अमेरिकी विज्ञान कथा लेखक तथा उपन्यासकार थिए।[1] उनले ४४ उपन्यास र लगभग १२१ लघुकथाहरू लेखेका थिए, जसमध्ये अधिकांश उनको जीवनकालमा विज्ञान कथा पत्रिकाहरूमा प्रकाशित भएका थिए।[2] उनको उपन्यासले वास्तविकताको प्रकृति, धारणा, मानव स्वभाव र पहिचान जस्ता विभिन्न दार्शनिक र सामाजिक प्रश्नहरूको अन्वेषण गर्न सफल भएको थियो। उनले आफ्ना कृतिहरूमा सामान्यतया वैकल्पिक वास्तविकता, भ्रामक वातावरण, एकाधिकारका निगम, लागूपदार्थको दुरुपयोग, अधिनायकवादी सरकार, र चेतनाको परिवर्तित अवस्थाहरू जस्ता तत्वहरूको विरुद्ध सङ्घर्ष गर्ने पात्रहरू चित्रण गरेका छन्।[3][4] उनलाई २०औँ शताब्दीको विज्ञान कथामा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू मध्ये एक मानिन्छ। [5]
फिलिप किन्ड्रेड डिक | |
---|---|
जन्म | फिलिप किन्ड्रेड डिक (१९२८-१२-१६)डिसेम्बर १६, १९२८ सिकागो, इलिनोई, अमेरिका |
मृत्यु | मार्च २, १९८२(1982-03-02) (उमेर ५३) सन्ता आना, क्यालिफोर्निया, अमेरिका |
साहित्यिक नाम |
|
पेशा | लेखक: उपन्यासकार, लघुकथा लेखक, र नाटककार |
अवधि | सन् १९५१–१९८२ |
विधा | विज्ञान कथा, कपोकल्पना |
साहित्यिक आन्दोलन | उत्तर आधुनिकतावाद |
उल्लेखनीय कार्यहरू | |
जीवनसाथी |
|
बच्चाहरू | ३ |
हस्ताक्षर |
सिकागोमा जन्मेका डिक सानै उमेरमा आफ्नो परिवारसँग सान फ्रान्सिस्को खाडी क्षेत्रमा बसाइँ सरेका थिए। उनले सन् १९५२ मा २३ वर्षको उमेरमा विज्ञान कथाका कथाहरू प्रकाशन गर्न सुरु गरेका थिए। उनले प्रारम्भिक चरणहरूमा थोरै व्यावसायिक सफलता प्राप्त गरेका थिए।[6] उनको वैकल्पिक इतिहास उपन्यास द म्यान इन द हाइ क्यासल (सन् १९६२) प्रकाशित गरेपछि उनको चर्चा चुलिएको थियो। उक्त उपन्यासले ३३ वर्षको उमेरमा सर्वश्रेष्ठ उपन्यासको लागि ह्युगो पुरस्कार प्राप्त गर्न सफल भएको थियो।[7] उनले विज्ञान कथा उपन्यासहरू डु एन्ड्रोइड ड्रिम अफ इलेक्ट्रिक सिप? (सन् १९६८) र युबिक (सन् १९६९) मा प्रकाशित गरेका थिए। उनको सन् १९७४ को उपन्यास फ्लो माई टियर्स, द पोलिसम्यान सेड उत्कृष्ट विज्ञान कथा उपन्यासको लागि जोन डब्ल्यू क्याम्पबेल स्मारक पुरस्कार हासिल गरेको थियो।[8]