प्रस्तुतिकरण
From Wikipedia, the free encyclopedia
प्रस्तुतिकरण अङ्ग्रेजी: (Presentation) भन्नाले दर्शक समक्ष कुनै विषयको सम्बन्धमा जानकारीको प्रवाह गर्ने प्रक्रियालाई बुझिन्छ ।[1] यसमा सामान्यतया प्रर्दशन, पृष्ठभूमि, व्याख्यान वा भाषण मार्फत दर्शकहरूलाई जानकारी प्रदान गर्ने उद्देश्य लिएर गर्ने गरिन्छ । प्रस्तुतिकरण विभिन्न माध्यमहरूबाट दिन सकिन्छ तर हाल प्रविधिको विकाससँग सँगै विभिन्न सफ्टवेयरहरू प्रस्तुतिकरण सम्बन्धि कार्यहरूलाई सरल तथा सहज भएको छ । प्रस्तुतिकरणलाई राम्रो तथा सजिलो बनाउनको लागि चित्र, विभिन्न मिडिया फाइलहरूको प्रयोग गर्ने गरिन्छ ।