निक रबिन्सन (अमेरिकी अभिनेता)
अमेरिकी अभिनेता / From Wikipedia, the free encyclopedia
निकोलस जोन रबिन्सन (अङ्ग्रेजी: Nicholas John Robinson; जन्म मार्च २२, १९९५)[1] एक अमेरिकी अभिनेता हुन् । सन् २००८ मा उनले अ क्रिसमस क्यारोल र मेम को नाट्यशाला प्रदर्शनीमा बाल कलाकारको भूमिकामा अभिनय गरेपछि सन् २०१० देखि सन् २०१५ मा मेलिसा एन्ड जोई नामक टेलिभिजन कार्यक्रममा देखा परेका थिए । सन् २०१५ मा जुरासिक वर्ल्डमा सहायक पत्रको भूमिका खेलेका रबिन्सनले सन् २०१३ मा द किङ्स अफ समर, सन् २०१५ मा द फिफ्थ वेभ, सन् २०१७ मा एभ्रिथिङ, एभ्रिथिङ, सन् २०१८ मा लभ, साइमन र सन् २०१९ मा नेटिभ सनमा प्रमुख भूमिकामा देखिएका थिए ।
छरितो तथ्यहरू निक रबिन्सन, जन्म ...
निक रबिन्सन | |
---|---|
जन्म | निकोलस जोन रबिन्सन (१९९५-०३-२२)मार्च २२, १९९५ सियाटल, वाशिङ्गटन, संयुक्त राज्य अमेरिका |
शिक्षा | क्याम्पबेल हल स्कूल |
मातृ शिक्षाप्रतिष्ठान | न्यू योर्क विश्वविद्यालय |
पेशा | अभिनेता |
कार्यकाल | सन् २००६ - वर्तमान |
बन्द गर्नुहोस्
सन् २०१८ मा रबिन्सनलाई फोर्ब्सको ३० अन्डर ३० को हलिउड श्रेणीमा सूचिकृत गरिएको थियो ।[2]