निकोला टेस्ला
अमेरिकाली आविष्कारक, भौतिक वैज्ञानिक, यांत्रिक अभियन्ता, र विद्युत अभियन्ता / From Wikipedia, the free encyclopedia
निकोला टेस्ला (/ˈtɛslə/ TESS-lə; सर्बियाली सिरिलिक: Никола Теслаcode: sr is deprecated ,[1] उच्चारण [nǐkola têsla];[lower-alpha 1] 10 July [O.S. 28 June] १० जुलाई १८५६ - ७ जनवरी १९४३) एक सर्बियाली अमेरिकाली [4][5][6] आविष्कारक, भौतिक वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत अभियन्ता थिए जो आधुनिक अल्टरनेटिङ करन्ट (AC) बिजुली आपूर्ति प्रणालीको डिजाइनमा आफ्नो योगदानका लागि सबैभन्दा प्रसिद्ध थिए। [7]
निकोला टेस्ला | |
---|---|
जन्म | (१८५६-०७-१०)१० जुलाई १८५६ सिमिलजन, अस्ट्रिया (हाल क्रोएसिया) |
मृत्यु | ७ जनवरी १९४३(1943-01-07) (उमेर ८६) न्युयोर्क, संयुक्त राज्य अमेरिका |
निवास | निकोला टेस्ला सङ्ग्राहल, बेलग्रादे, सर्बिया |
नागरिकता | सर्बियाली, अमेरिकी |
शिक्षा | ग्रास प्राविधिक विश्वविद्यालय |
ढाँचा:Infobox engineering career | |
हस्ताक्षर | |
निकोला टेस्ला एक महान वैज्ञानिक तथा आविस्कारक हुन् ।[8] उनी आजीबन अविवाहित रहेर निरन्तर वैज्ञानिक अनुसन्धान र आविस्कारमा तल्लीन भए । विभिन्न उतारचढाव र विवादका बाबजुद उनको वैज्ञानिक अनुसन्धन्धानको यात्रा रोकिएन । उनको नाममा ६ सय भन्दा बढी अनुसन्धान र आविस्कारका पेटेन्टहरू छन् । टेस्लाको सम्मानमा म्याग्नेटिक फ्लक्स डेन्सिटीको एकाइको नाम टेस्ला (Tesla ) राखिएको छ । उनकै सम्मानमा अमेरिकी हुलाक सेवा विभागले १९८३ मा उनको चित्र अंकित हुलाक टिकट प्रकाशन गरेको छ । १९७६ मा इन्स्टिच्युट अफ इलेक्ट्रिकल इन्जिनियर्सले अत्यन्तै सम्मानित पुरस्कार “द टेस्ला अवार्ड” स्थापना गरी बार्षिक रूपले प्रदान गर्न थालेको छ । नायगरा पावर स्टेशनमा उनको प्रतिमा स्थापना गरिएको छ । त्यस्तै उनी जन्मिएको स्मिलजानमा पनि उनको प्रतिमा स्थापना गरिएको छ ।