द गुड प्लेस
टेलिभिजन शृङ्खला / From Wikipedia, the free encyclopedia
द गुड प्लेस माइकल श्यरले बनाएका अमेरिकी हास्य टेलिभिजन शृङ्खला हो । यो शृङ्खला सेप्टेम्बर १९, २०१६ देखि जनवरी ३०, २०२० सम्म एनबीसीमा प्रसारण गरिएको थियो । यो एलेनोर शेलस्ट्रप (क्रिस्टेन बेल) को मृत्युपश्चातको जीवनमा केन्द्रित छ, जहाँ उनलाई माइकल (टेड ड्यानसन) ले उनको धर्तीमा पुण्यकर्मको फलस्वरूप स्वर्गसमान "द गुड प्लेस" मा स्वागत गर्छन् । तर, एलेनोरले आफूलाई त्यहाँ गल्तीले पठाइएको हो भन्ने अनुभूति गरेर आफ्नो अनैतिक कामहरू लुकाउँदै राम्रो र नैतिक बन्न खोज्छिन् । विलियम ज्याक्सन हार्पर, जमिला जमिल र म्यानी जसिन्टोले "द गुड प्लेस" का अन्य वासिन्दाहरूको भूमिका खेलेका छन् भने डार्सी कार्डेनले ती वासिन्दाहरूलाई सहयोग गर्ने कृत्रिम बौद्धिकता, ज्यानेटको भूमिका खेलेकी छन् ।
द गुड प्लेस | |
---|---|
शैली | |
सर्जक | माइकल श्यर |
कलाकारहरू |
|
रचनाकार(हरू) | डेभिड श्वार्ट्ज |
निर्माण गर्ने देश | संयुक्त राज्य अमेरिका |
भाषा(हरू) | अङ्ग्रेजी |
सत्रहरुको सङ्ख्या | ४ |
भागहरूको सङ्ख्या | ५३[6] (भागहरूको सङ्ख्या) |
कार्यकारी निर्माता(हरू) |
|
निर्माता(हरू) |
|
सम्पादक(हरू) |
|
प्रसारण अवधि | २२ मिनेट |
निर्माण कम्पनी(हरु) |
|
वितरक | एनबीसी युनिभर्सल टेलिभिजन डिस्ट्रिब्युशन |
मूल च्यानल | एनबीसी |
तस्वीर ढाँचा | हाई देफिनिशन टेलिभिजन |
ध्वनी ढाँचा | डोल्बी डिजिटल |
प्रथम प्रसारण | १९ सेप्टेम्बर २०१६ (2016-09-19) – जनवरी ३०, २०२० (2020-01-30) |
वेबसाइट |
द गुड प्लेसले आफ्नो लेख, अभिनय र मौलिकताको लागि सकारात्मक समीक्षा पाएको छ । यसका साथै यसको प्रथम सत्रको अन्त्यमा आउने मोड तथा यस शृङ्खलामा छोएको नैतिकताको विषयलाई सबैले सकारात्मक रूपमा लिएका छन् । सन् २०१९ मा यस शृङ्खलाले पिबडी पुरस्कार प्राप्त गर्यो । "द ट्रली प्रब्लम" र "ज्यानेट्स" मा राम्रो प्रस्तुतिका लागि यस शृङ्खलाले दुइटा ह्युगो पुरस्कार हासिल गरेको छ ।
सन् २०१८ को डिसेम्बरमा एनबीसीले यस शृङ्खलालाई चौथो र अन्तिम सिजनको लागि नवीकरण गर्यो, जुन सेप्टेम्बर २६, २०१९ मा सुरु भई जनवरी ३०, २०२० मा समाप्त भयो ।[7][8]