डारा टोरेस
From Wikipedia, the free encyclopedia
डारा ग्रेस टोरेस (जन्म:अप्रिल १५, १९६७) एक अमेरिकी पूर्व प्रतिस्पर्धी पौडी खेलाडी हुन् जसले बाह्र पटक[1][2] ओलम्पिक पदक प्राप्त गरिन्।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
व्यक्तिगत जानकारी | |
---|---|
पुरा नाम | डारा ग्रेस टोरेस |
Nickname(s) | "डीटी" |
जन्म | (1967-04-15) अप्रिल १५, १९६७ (उमेर ५७) बेवर्ली हिल्स, क्यालिफोर्निया |
उचाइ | ५ फिट ११ इन्च (१.८० मी) |
तौल | १५० पाउन्ड (६८ किग्रा) |
खेल | |
खेल | पौडी |
स्ट्रोक(हरू) | बटरफ्लाइ, फ्रीस्टाइल |
क्लब | कल्वर सीटी स्विम क्लब |
College team | फ्लोरिडा विश्वविद्यालय |
बन्द गर्नुहोस्
उनी सन् २००८ को बेइजिङको ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा सबैभन्दा बढी उमेर (४१ वर्ष) मा प्रतिस्पर्धा गर्ने पौडी खेलाडी थिइन्।[3][4] उनी पाँच ओलम्पिक खेलहरूमा (सन १९८४, १९८८, १९९२, २००० र २००८ सालमा) संयुक्त राज्य अमेरिका को प्रतिनिधित्व गर्ने पहिलो पौडी खेलाडी हुन्। सन् २००८ ग्रीष्मकालीन ओलम्पिकमा उनले ५०-मीटर फ्रिस्टाइल, ४×१०० मीटर मेड्ले रिले र ४×१०० मीटर फ्रिस्टाइल रिलेमा प्रतिस्पर्धा गरिन् र तीनै वटा खेलमा रजत पदक हासिल गरिन्।[5]