जेन मलिक
बेलायती पप गायक / From Wikipedia, the free encyclopedia
जेन जाभेद मलिक (उर्दु: زین ملک, /ˈzɛnˈmælɪk/; जन्म १२ जनवरी १९९३), पाकिस्तानी मूलका एक बेलायती गायक र गीतकार हुन्। वेस्ट योर्कसायरको ब्राडफोर्डमा जन्मे हुर्केका मलिकले सन् २०१० मा बेलायती सङ्गीत प्रतियोगिता द एक्स फ्याक्टरमा एकल प्रतिस्पर्धीको रूपमा प्रस्तुति दिएका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएका मलिकलाई चार अन्य प्रतिस्पर्धी सहित प्रतिस्पर्धामा पुन: सामेल गराइएको थियो। सोही पाँच सदस्यीय युवा साङ्गीतिक समूहले 'वान डिरेक्सन'को रूपमा ख्याति प्राप्त गरेको थियो। मलिकले सन् २०१५ को मार्चमा समूह छोडेका थिए र पछि आरसिए रेकर्डको साथ एकल रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेका थिए। उनले आफ्नो पहिलो स्टुडियो गिती सङ्गालो माइन्ड अफ माइन (सन् २०१६) को साथ एक वैकल्पिक आर र बी सङ्गीत शैलीलाई अपनाएका थिए। सोही गिती सङ्गालोमा समावेश पिलोटक नामक गीतको सफलता पछि उनको चर्चा चुलिएको थियो। सो गीत बेलायत र अमेरिकाका एक चार्टहरूमा शीर्ष स्थानमा आएको थियो। उनले जारी गरेको पहिलो गिती सङ्गालो र गीत दुबै देशको चार्टमा शीर्ष स्थानमा आएको थियो र सो सफलता प्राप्त गर्ने उनी प्रथम बेलायती गायक बनेका थिए। अमेरिकी गायिका टेलर स्विफ्टको साथ "आई डन्ट वान लिभ फरेभर" र अस्ट्रेलियाली गायिका सियाको "डस्क टिल डाउन" नामक उनको गीत लोकप्रिय बनेका थिए। डिसेम्बर २०१८ मा, उनले आफ्नो दोस्रो स्टुडियो गिती सङ्गालो "इकारस फल्स" जारी गरेका थिए। मलिकले अमेरिकी सङ्गीत पुरस्कार , बिलबोर्ड सङ्गीत पुरस्कार र एमटिभी श्रव्य दृश्य सङ्गीत पुरस्कार सहित धेरै पुरस्कारहरू प्राप्त गरेका छन्।
जेन मलिक | |
---|---|
जन्म | जेन जाभेद मलिक (1993-01-12) १२ जनवरी १९९३ (उमेर ३१) ब्राडफोरेड, वेस्ट योर्कशायर, इङ्ल्यान्ड |
पेशा |
|
कार्यकाल | सन् २०१०–हाल |
साङ्गीतिक जीवन | |
विधा |
|
वाद्ययन्त्र | आवाज |
लेबल |
|
सहयोगी | वान डिरेक्सन |
वेबसाइट | inzayn |
हस्ताक्षर | |