जूम भिडियो सञ्चार
Zoom सफ्टवेयर को मालिक / From Wikipedia, the free encyclopedia
जूम भिडियो सञ्चार एक अमेरिकी रिमोट कन्फरेन्सिंग सेवा कम्पनी हो जसको मुख्यालय सान जोसे, क्यालिफोर्नियामा छ। यसले रिमोट कन्फरेन्स सेवा प्रदान गर्दछ जसमा भिडियो कन्फरेन्सिंग, अनलाइन बैठक, च्याट आदी मोबाइल र कम्प्युटरबाट प्रयोग गरिन्छ। जूम धेरै देशहरूमा एक दूर बैठक सफ्टवेयर को रूप मा धेरै लोकप्रियता प्राप्त गरेको छ ।[2] नेपालमा जूम दूर बैठक सफ्टवेयर प्रयोग गर्ने गरेको पाइन्छ । यो कन्फरेन्सिंग, दूर बैठक, दूर शिक्षा र सामाजिक सम्बन्धको लागि प्रयोग गरिन्छ ।
छरितो तथ्यहरू मौलिक नाम, व्यवसाय प्रकार ...
मौलिक नाम | Zoom Video Communications, Inc. |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक संस्था |
आइएसआइएन | US98980L1017 |
स्थापित | 21 अप्रिल 2011 |
स्थापनाकर्ता | एरिक युआन |
केन्द्रीय कार्यालय | , |
सेवा क्षेत्र | विश्वव्यापी |
सेवाहरू |
|
आम्दानी | 4,392,960,000 अमेरिकी डलर[1] (2022) |
परिचालन आय | 245,429,000 अमेरिकी डलर[1] (2022) |
103,711,000 अमेरिकी डलर[1] (2022) | |
कर्मचारी सङ्ख्या | 2,000 (2019) |
वेबसाइट | zoom |
बन्द गर्नुहोस्