अरब बसन्त
From Wikipedia, the free encyclopedia
अरब बसन्त वा अरब क्रान्ति (अरबी: الربيع العربي, अङ्ग्रेजी: अरब स्प्रिङ) सन् २०१० को दशकको सुरुवातमा फैलिएको सरकार विरोधी प्रदर्शन, आन्दोलन, विद्रोह र सशस्त्र विद्रोहको लहर हो। यो निरङ्कुश शासन, निम्न जीवन स्तरको प्रतिक्रिया स्वरुप ट्युनिसियाबाट सुरु भएको थियो।[1] यो विरोधको लहर त्यसपछि पाँच अन्य देशहरूमा फैलियो: लिबिया, इजिप्ट, यमन, सिरिया र बहराइन, जहाँ सत्ता पल्टिने र ठूला बिद्रोह र दङ्गा, गृहयुद्ध, सङ्कटकाल लगायतका सामाजिक हिंसा जस्ता घटना भयो। मोरोक्को, इराक, अल्जेरिया, लेबनान, जोर्डन, कुवेत, ओमान, र सुडान लगायतका देशमा लामो सडक प्रदर्शनहरु भए। जिबुटी, मौरिटानिया, प्यालेस्टाइन, साउदी अरबमा साना प्रदर्शनहरू भए।[2] अरब जगतको आन्दोलनमा गुञ्जिएको मुख्य नारा थियो ("जनता शासनलाई खत्तम गर्न चाहन्छन्")[3]
अरब बसन्त | |||||
---|---|---|---|---|---|
|
अरब स्प्रिंग | |
---|---|
स्थान | अरब देश |
कारण |
|
विधि |
मध्यपुर्व र अरब राष्ट्र हरूमा शासन सत्ता परिवर्तनको लागि ट्युनिसियाबाट सन २०११ मा शुरु भएको जन आन्दोलन लाई राजनितिक समीक्षकहरूले अरव क्रान्ति / अरब बसन्तको नाम दिएका छन्।