अमिताभ बच्चन
भारतीय चलचित्र अभिनेता / From Wikipedia, the free encyclopedia
अमिताभ बच्चन IPA: [əmɪˈtaːbʱ ˈbəttʃən] (जन्म-११ अक्टोबर) भारतीय चलचित्र उद्योग बलिउडका सबैभन्दा लोकप्रिय अभिनेता हुन्। सन् १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे र त्यसबेलादेखि नै भारतीय चलचित्र इतिहासको सबैभन्दा प्रमुख व्यक्तित्व बनेका छन्।
अमिताभ बच्चन | |
---|---|
जन्म | अमिताभ हरिवंश राय बच्चन (1942-10-11) ११ अक्टोबर १९४२ (उमेर ८१) इलाहाबाद, उत्तर प्रदेश, भारत |
वासस्थान | मुम्बई ,महाराष्ट्र, भारत |
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | शेरवुड कलेज, नैनीताल किरोरी मल कलेज, दिल्ली विश्वविद्यालय[1] |
पेशा | अभिनेता, निर्माता, पार्श्वगायक |
कार्यकाल | सन् १९६९–हाल सम्म |
धर्म | हिन्दु |
जीवनसाथी | जया बच्चन (सन् १९७३–हाल सम्म) |
सन्तान |
|
मातापिता | हरिवंश राई बच्चन तेजी बच्चन |
आफन्त | अजितभ बच्चन (भाई) ऐश्वर्या राय बच्चन (छोरा-बुहारी) |
पुरस्कार | पद्म विभूषण २०१५[2] पद्म भूषण २००१ पद्मश्री १९८४ |
हस्ताक्षर | |
वेबसाइट | srbachchan |
बच्चनले आफ्नो कार्याकालमा थुप्रै पुरस्कारकाहरू जितेका छन्, जसमा तीन राष्ट्रिय चलचित्र पुरस्कार र बाह्र फिलिमफेयर पुरस्कार समावेश छन्। उनको नाममा सर्वाधिक सर्वश्रेष्ठ अभिनेता फिल्मफेयर पुरस्कारको रेकर्ड छ। अभिनय बाहेक बच्चनले पार्श्वगायक, चलचित्र निर्माता र टेलिभिजन कार्यक्रम प्रस्तुतकर्ता र भारतीय संसदको एक निर्वाचित सदस्यका रूपमा सन् १९८७ देखि १९८४ सम्म भूमिका निर्वाह गरेका थियो।
बच्चनको विवाह अभिनेत्री जया भादुडीसँग भएको थियो। उनको दुई सन्तान छन्, श्वेता नन्दा र अभिषेक बच्चन, जुन एक अभिनेता पनि हुन र जसको विवाह ऐश्वर्या रायसँग भएको थियो।